समाचार

सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

काठमाडौं । सरकारले सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र दिने निर्णय गरेपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरूले देशव्यापी रूपमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । चैत ३० गते प्रकाशित दर्जनौँ राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकाहरूले आफ्नो पहिलो पृष्ठमा समाचारको सट्टा ठूलो ‘प्रश्नवाचक चिह्न’ (?) छापेर सरकारको कदमप्रति कडा असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १८ मा एक परिपत्र जारी गर्दै सबै सार्वजनिक निकायका सूचनाहरू गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र दिन निर्देशन दिएको थियो । यस निर्णयले निजी मिडियालाई आर्थिक रूपमा बहिष्कार गर्न खोजेको र प्रेस स्वतन्त्रतालाई सङ्कुचित पारेको सञ्चार उद्यमीहरूको ठहर छ…
Read More
सार्वजनिक खरिद ऐन संशोधनको तयारीः मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन संशोधनको तयारीः मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

काठमाडौं । नेपाल सरकारले सार्वजनिक खरिद प्रक्रियालाई समयसापेक्ष र प्रभावकारी बनाउनका लागि सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ । यसै सिलसिलामा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रस्तावित विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी राय सुझावका लागि सार्वजनिक गरेको हो । विधायन ऐन, २०८१ को दफा ६ (२) मा रहेको व्यवस्था बमोजिम कुनै पनि विधेयकको मस्यौदामा जनताको राय लिनुपर्ने प्रावधानलाई पालना गर्दै कार्यालयले यही चैत २५ गते उक्त मस्यौदा प्रकाशन गरेको हो । सरोकारवालाहरूले मस्यौदा अध्ययन गरी आगामी वैशाख १ गतेभित्र आफ्ना राय र सुझावहरू पेश गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । जनता र सरोकारवालाहरूबाट प्राप्त भएका…
Read More
स्टार्टअप व्यवसायी पुरस्कारका लागि आवेदन खुला

स्टार्टअप व्यवसायी पुरस्कारका लागि आवेदन खुला

ललितपुर । राष्ट्रिय युवा परिषद्ले सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीहरूलाई लक्षित गर्दै “स्टार्टअप व्यवसायी पुरस्कार” कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ। परिषद्को सूचना अनुसार केन्द्रीय स्तरमा आयोजना हुने यस कार्यक्रममा उत्कृष्ट युवा उद्यमी छनोट गरी पुरस्कृत गरिनेछ। परिषद्ले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत १५ वटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायहरू छनोट गरी प्रदर्शनीसमेत आयोजना गर्ने जनाएको छ। तीमध्ये उत्कृष्ट ठहरिएका ६ जना व्यवसायीलाई जनही रु. २ लाखका दरले पुरस्कार प्रदान गरिने उल्लेख गरिएको छ। सूचनामा जनाइएअनुसार आवेदन दिन इच्छुक युवा उद्यमीहरूले कम्तीमा १ वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेको हुनुपर्नेछ भने उमेर १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको…
Read More
मकवानपुरमा भिरबाट लडेर महिलाको मृत्यु

मकवानपुरमा भिरबाट लडेर महिलाको मृत्यु

काठमाडौं । मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीटोल निवासी ३५ वर्षीया सन्तोषी वाइवाको भिरबाट लडेर मृत्यु भएको हो । शनिबार बिहान ९ बजे घाँस काट्न जाने भन्दै घरबाट निस्किएकी उनी अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए । खोजतलासका क्रममा माइती घरदेखि करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिकको सिमलटार क्षेत्रको भिरबाट करिब ५०-६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् । घाइते अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर, दिउँसो १२ः४० बजे अस्पतालमा पुरÞ्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…
Read More
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने

बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् ।उनको सचिवालयका अनसार भट्टराई भोलि (आइतबार) भारत प्रस्थान गर्ने छन् ।भ्रमणका क्रममा उनी भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा १ वैशाखमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।उक्त कार्यक्रम राममनोहर लोहियाको स्मृतिमा आयोजना हुँदै आएको हो भने भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरसँग पनि जोडिएको छ ।भट्टराईसँगै उनकी पत्नी तथा पूर्वमन्त्री हिसिला यामी पनि भारत जाने कार्यक्रम रहेको छ ।
Read More
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो ।प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत…
Read More
कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एकजना पक्राउ

कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एकजना पक्राउ

सिरहा । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ ।नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनापछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।प्राप्त जानकारी अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेका थिए ।उक्त घटनामा घाइते भएका रामशरण यादवको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ । घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ…
Read More
सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् ।भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए । फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न…
Read More
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको विभिन्न स्रोतहरूले जनाएका छन्। अदालतले पक्राउका लागि अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल विदेशमा रहेकाले उनीहरूलाई तत्काल नियन्त्रणमा लिन नसकिएको बताइएको छ। स्रोतका अनुसार उनीहरू १३ फागुनमा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए र त्यहाँबाट हङकङतर्फ गएको सूचना सार्वजनिक भएको छ। हाल उनीहरूको सम्पत्ति स्रोत, आर्थिक कारोबार तथा बैंकिङ गतिविधिबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ। यसअघि जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि आक्रमण भएको, बुढानीलकण्ठस्थित निवासमा आगजनी…
Read More
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको भईरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरुमा, मधेश प्रदेश लगायत कोशी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.