टी–२० श्रृंखला ः आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

टी–२० श्रृंखला ः आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडौं । ओमानसम्मिलित टी–२० आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ ।

क्यानडाको किंग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ । उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्र्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ ।

त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो स्थानमा छ ।

०००

थप समाचार

  • महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

  • विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

  • आइसिसी विश्व कप लिग २ : कुशलको शतकमा अमेरिकामाथि नेपालको सानदार जित

  • आईपीएल : बैंगलुरुसँग मुम्बई २ विकेटले पराजित

  • आईपीएल क्रिकेटमा दिल्लीविरुद्ध कोलकाताको जित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.