ललितपुर – महालक्ष्मी नगरपालिकाले उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबलमा सानदार जित दर्ता गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ। बुधबार च्यासल मैदानमा भएको खेलमा महालक्ष्मीले बाग्मती गाउँपालिकालाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो। यो हारसँगै बाग्मती प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
महालक्ष्मीको जितमा सिद्धान्त अधिकारीले दुई गोल गर्दा रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले एक–एक गोल थपे। बाग्मतीका लागि दिलिप घलानले सान्त्वना गोल फर्काए। पहिलो खेलमा पराजित महालक्ष्मीले यो जितसँगै ३ अंक जोडेको छ। समूह ‘ए’ मा गोदावरी, ललितपुर महानगर र महालक्ष्मीको समान ३–३ अंक छ।

बिहीबार हुने खेलहरु:
प्रतियोगिता अन्तर्गत बिहीबार, मे ८, २०२५ मा गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा तीनवटा महत्वपूर्ण खेलहरु हुँदैछन्:
- बिहान सवा ८ बजे: काठमाडौं महानगरपालिका विरुद्ध मध्यपुर ठिमी नगरपालिका
- दिउँसो सवा १२ बजे: चन्द्रागिरी नगरपालिका विरुद्ध कागेश्वरी मनोहरा नगरपालिका
- दिउँसो साढे ३ बजे: गोदावरी नगरपालिका विरुद्ध ललितपुर महानगरपालिका
Generate Audio Overview
