काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआई.नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा भक्तपुरका डा. रमेश प्रसाद चौलागाई नियुक्त गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
यस्तो छन्, बैठकका निर्णयहरु
१.ब् क्तगमथ त्यगच यल क्ष्लतभच–न्यखभचलmभलतब िऋययउभचबतष्यल बलम ऋयmउभतष्तष्यल ष्ल तजभ क्धष्कक ँभमभचब िक्थकतझ विषयक कार्यक्रममा सहभागी हुन २०८२ भदौ १५ देखि २१ गतेसम्म मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतिशकुमार सिंहको स्वीट्जरल्याण्ड भ्रमण स्वीकृत गर्ने।
२.२०८२ असोज ६ गतेदेखि १० गतेसम्म फिलिपिन्समा आयोजना हुने ब्कष्बल इचनबलष्शबतष्यल या क्गउचझभ ब्गमष्त क्ष्लकतष्तगतष्यलक द्यचयपभचष्लन ग्उकअबभिम क्ब्क्ष् क्गउउयचत ध्यचपकजयउ मा सहभागी हुन उपमहालेखापरीक्षक श्री बिन्दु विष्टलाई स्वीकृति दिने।
३.दक्षिण कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिब १ अर्थ २५ करोड नेपाली रूपियाँ मात्र) अनुदान सहायता स्वीकार गर्ने।
४.आर्थिक वर्ष २०८२÷८३ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४६३।८१ र मध्यम धानको प्रति क्विन्टल रु. ३६२८ । ३३ न्यूनतम समर्थन मूल्य तोक्ने ।
५.२०८२ भदौ ३१ देखि असोज २ गतेसम्म गणतन्त्र कोरियाको सिओल शहरमा आयोजना हुने न्यिदब िक्ष्लाचबकतचगअतगचभ ऋययउभचबतष्यल ऋयलाभचभलअभ २०२५ कार्यक्रममा माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने ।
६.राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा डा. रमेश प्रसाद चौलागाई, भक्तपुरलाई नियुक्त गर्ने ।
७.नेपाल सरकारको नाममा दर्ता कायम रहेको बाजुरा जिल्ला साविक बाँधु गा.वि.स. वडा नं. ४ को ७४८५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा प्रशासकीय भवन निर्माणका लागि हिमाली गाउँपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने ।
८.नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको तेह्रथुम जिल्ला साविक म्याङलुङ गा.वि.स. वडा नं. ९ को ०–१४–०–२ जग्गा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय तेह्रथुमको कार्यालय भवन निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।
९.बाजुरा जिल्ला साविक बाँधु गा.वि.स. वडा नं. ४ को २३०५५ वर्गमिटर जग्गा धुलाचौर स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि हिमाली गाउँपालिका, बाजुरालाई प्रयोग गर्न स्वीकृति दिने।
१०.२०८२ भदौ २४ देखि २६ गतेसम्म फिलिपिन्सको मनिलामा आयोजना हुने ःष्लष्कतभचष्ब िच्यगलमतबदभि क्भककष्यल मगचष्लन तजभ ब्कष्ब–एबअषष्अ च्भनष्यलब िच्यबम क्बाभतथ ऋयलाभचभलअभ मा सहभागी हुन माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।
११.नेपाली सेनाका एकजना उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने र एक जना सहायक रथीको पदावधि थप गर्ने।
१२.क्अजयय िःभबकि ऋयबष्तिष्यल को आयोजनामा ब्राजिलको फोर्टालेजामा २०८२ असोज २ देखि ३ गतेसम्म आयोजना हुने क्भअयलम न्यिदब िक्गmmष्त या तजभ क्अजयय िःभबकि ऋयबष्तिष्यल मा सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने।
१३.श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटी, व्यावसायिक प्रशिक्षण केन्द्र बुटवल र व्यावसायिक प्रशिक्षण केन्द्र, ईटहरीको लागि आ.व २०८२÷८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने।
१४. २०८२ असोज ७ देखि १७ गतेसम्म क्यानाडाको मन्ट्रियलमा आयोजना हुने क्ष्लतभचलबतष्यलब िऋष्खष् िब्खष्बतष्यल इचनबलष्शबतष्यल को ँयचतथ– क्भअयलम क्भककष्यल या तजभ ब्ककझदथि मा सहभागी हुन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति दिने ।
१५.राष्ट्रिय समाचार समितिको रिक्त महाप्रबन्धक पदमा श्री सन्दीप राई पाँचथरलाई नियुक्त गर्ने।
१६.२०६३ अन्तर्गत बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने र सेवाप्रदायक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्ने सम्बन्धी निर्देशिका,
१७. नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने ।
(कार÷भ्यानहरूको काठमाडौं आउँदा रु.६५ र जाँदा रु.६०, मिनी बस÷ट्रकको काठमाडौँ आउँदा रु.११५ र जाँदा रु.८०, बस÷ट्रकको काठमाडौँ आउँदा रु.२६० र जाँदा रु.२००, भारी उपकरणको काठमाडौँ आउँदा रु.६०० र जाँदा रु.२५०)
१८ राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति, २०८२ स्वीकृत गर्ने।
