काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो बहुप्रतिक्षित उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘याडेआ किनेस’ नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा.लि मार्फत आयोजित विशेष ‘किनेस अनुभव कार्यक्रम’मा सार्वजनिक गरिएको यो मोटरसाइकलले नेपाली बजारमा प्रदर्शनमुखी इलेक्ट्रिक मोटरसाइकलिङको नयाँ अनुभव प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
दैनिक आवतजावतमा केन्द्रित परम्परागत विद्युतीय दुईपांग्रे सवारीसाधनभन्दा फरक, याडेआ कनिसलाई गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीको दाबी छ ।
आधुनिक प्रविधि, उच्च प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिएको हो ।
मोटरसाइकलमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार यसले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा हासिल गर्न सक्छ भने अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यी विशेषताले यसलाई नेपालकै शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरूमध्ये एक बनाएको कम्पनीको भनाइ छ । नेपालका विभिन्न भूगोल र सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको प्भभलभकक ले २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने क्षमता राख्छ । यसले कठिन सडकमा पनि भरपर्दो र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा ४.६ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित बनाएको छ। यसले ब्याट्रीको आयु बढाउनुका साथै सुरक्षित र विश्वसनीय सञ्चालन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
याडेआ कनिसले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ, जसले यसको डिजाइन र प्रविधिगत उत्कृष्टता पुष्टि गर्ने कम्पनीको भनाइ छ ।
यो मोटरसाइकल केवल यातायातको साधन मात्र यो नभई शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव भएको कम्पनिले बताएको छ ।
नेपालमा याडेआ किनेसको अधिकतम खुद्रा मूल्य (एमआरपी) ६ लाख ६० हजार रूपैयाँ तोकिएको छ । उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सन् २००१ मा स्थापना भएको याडेआ हाल १५० भन्दा बढी देश तथा क्षेत्रमा सक्रिय रहेको छ ।
कम्पनीका अनुसार याडेआ लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्डको रूपमा स्थापित रहँदै आएको छ र नेपालको प्रिमियम ईभी बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने लक्ष्य लिएको छ ।https://www.facebook.com/share/v/18horKvyZx/
