Uncategorized

काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर

काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ । स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती पुल भत्काएको हो । स्थानीयल बनाएका पुलका कारण बर्षायाममा पानी जम्ने, फोहोरमैला थुप्रेर बस्ने भएकाले पुल भत्काएको महानगरले जनाएको छ । त्यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य नविन नकर्मीले आफ्नो प्रयोजनको लागि मात्र पुल बनाएको तर त्यसले सबैलाई समस्या गराएकाले पुल भत्काइएको बताए । उनले स्थानीयहरुको गुनासोकै आधारमा पुल भत्काइएको समेत बताए । त्यस्तै १४ नम्वरकै महिला वडा सदस्य शोभा खड्काले वडा नम्बर १३ लाई अर्को विकल्प…
Read More
मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु

मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु

काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआई.नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।त्यस्तै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त विज्ञ सदस्यमा भक्तपुरका डा. रमेश प्रसाद चौलागाई नियुक्त गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।यस्तो छन्, बैठकका निर्णयहरु१.ब् क्तगमथ त्यगच यल क्ष्लतभच–न्यखभचलmभलतब िऋययउभचबतष्यल बलम ऋयmउभतष्तष्यल ष्ल तजभ क्धष्कक ँभमभचब िक्थकतझ विषयक कार्यक्रममा सहभागी हुन २०८२ भदौ १५ देखि २१ गतेसम्म मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतिशकुमार सिंहको स्वीट्जरल्याण्ड भ्रमण स्वीकृत गर्ने।२.२०८२ असोज ६ गतेदेखि १० गतेसम्म फिलिपिन्समा आयोजना हुने ब्कष्बल इचनबलष्शबतष्यल या क्गउचझभ ब्गमष्त क्ष्लकतष्तगतष्यलक…
Read More
अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीका हत्यारा, यस्तो छ घट्नाको कारण

अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीका हत्यारा, यस्तो छ घट्नाको कारण

जनकपुर । गत सोमबार राती ११ बजे जनकपुरधाम–४ मा १५ वर्षीया अन्जली कुमारी यादवलाको खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । हत्यामा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत अन्जलीको हत्या गर्ने साहलाई सार्वजनिक गरेको छ । नेपाल सरकारले कुनैपनि घटनामा संलग्न रहेकालाई सार्वजनिक नगर्न सर्कुलर जारी गरेतापनि धनुषा प्रहरीले घटनाको प्रवृतिलाई मध्यनजर गर्दै विशेष अनुमति लिएर अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ परेका अभियुक्त साह यसअघि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाँच वर्ष जेल सजाय…
Read More
‘समस्या भएका ठाउँमै पुगेर काम गर्छु’ : मन्त्री मास्केको सक्रियतामा भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार

‘समस्या भएका ठाउँमै पुगेर काम गर्छु’ : मन्त्री मास्केको सक्रियतामा भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार

हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ मा नीति निर्माण, योजना विकास, अध्ययन अनुसन्धान र बजेट खर्चका पक्षमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री अमनकुमार मास्केको सक्रियताले पूर्वाधार क्षेत्रलाई व्यवस्थित र जनमुखी बनाएको छ । ‘जनतालाई कुनै पनि भौतिक पूर्वाधारमा दुःख पर्दा म सधैं अगाडि छु,’ मन्त्री मास्केले भनेका छन्, ‘प्रदेशवासीको समस्या समाधानमा प्रत्यक्ष उपस्थित भई काम गर्ने मेरो प्रतिबद्धता छ ।’ नीतिगत सुधारको पहिलो कदम प्रदेशमै पहिलोपटक ‘बागमती प्रदेश भवन नीति, २०७९‘मन्त्रिपरिषद्बाट पारित भई भवन निर्माण प्रणालीमा एकीकृत र वैज्ञानिक दृष्टिकोणले काम थालिएको छ । त्यसैगरी ‘जग्गा एकीकरण योजना कार्यविधि,…
Read More
सदस्यता र कार्यक्रम विवादमा ब्लु डाइमन्डको जवाफ– व्यक्तिगत गुनासो संस्थागत नबनाऊ

सदस्यता र कार्यक्रम विवादमा ब्लु डाइमन्डको जवाफ– व्यक्तिगत गुनासो संस्थागत नबनाऊ

ब्लु डाइमन्ड सोसाइटीका पदाधिकारीहरु भन्छन् : एजेन्डामा काम गरौं, इगो र कुन्ठामा होइन काठमाडौं । भ्रष्टाचार र विकृती फैलाएको आरोप लागेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले समूदायका एजेन्डाभन्दा पनि व्यक्तिगत इगोमा केन्द्रीत भएर आरोपहरु लागेको प्रतिक्रिया दिएको छ । बुधबार पूर्वसांसद सुनीलबाबु पन्तको नेतृत्वमा सोसाइटीको कार्यालय घेराउ गर्न पुगेका अर्को संस्था ‘मायाको पहिचान’का सदस्यहरुबीचको छलफलमा भ्रष्टाचार र विकृती फैलाएको आरोप लागेपछि सोसाइटीका पदाधिकारीहरुले कुन्ठा र इगो व्यक्त गरेर समूदायको मुद्दा स्थापित नहुने प्रतिक्रिया दिएका हुन् । छलफलका क्रममा उठाइएका सवालहरू संस्थाको औपचारिक एजेन्डा भन्दा व्यक्तिगत गुनासोमा केन्द्रित भएको उनीहरुको प्रतिक्रिया थियो ।…
Read More
रञ्जिता श्रेष्ठ हटाइएपछि नाउपाको आज राष्ट्रिय भेला, नयाँ नेतृत्व चयन हुने

रञ्जिता श्रेष्ठ हटाइएपछि नाउपाको आज राष्ट्रिय भेला, नयाँ नेतृत्व चयन हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आज राष्ट्रिय भेला बस्दैछ । नयाँ बानेश्वरमा बस्ने भेलाले पार्टीको अध्यक्ष तोक्दैछ ।बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ ।पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठलाई डगौरा नेतृत्वको अनुशासन समितिले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नदिइ वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन् । उनी भेलामासमेत अनुपस्थित भएपछि बुधबार अनुशासन समितिको बैठकले उनलाई अध्यक्षबाट हटाएको हो ।नाउपाले नयाँ केन्द्रीय कार्यसमिति चयनको तयारी गरेपनि निर्वाचन आयोगमा अद्यावधिक भएको छैन ।
Read More
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदै क्यानडा

प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदै क्यानडा

काठमाडौं । प्रधानमन्त्री मार्क कर्नीले क्यानडाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने योजना बनाएको बताएका छन् । हालैका दिनहरूमा यस्तो घोषणा गर्नेमा क्यानडा तेस्रो जी–७ राष्ट्र बनेको छ । कर्नीले यो कदम प्यालेस्टाइन प्राधिकरणले अर्को वर्ष हमास बिना निर्वाचन गर्नेलगायत प्रजातान्त्रिक सुधारहरूमा निर्भर रहेको बताएका छन् । इजरायलको विदेश मन्त्रालयले क्यानडाको घोषणालाई अस्वीकार गर्दै यसलाई हमासलाई पुरस्कार दिएजस्तो भएको बताएको छ । अहिलेसम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूमध्ये १४७ देशले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् । कर्नीले क्यानडाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिने बताएका छन् । क्यानडा लामो समयदेखि वार्ताबाट शान्ति प्रक्रियाको हिस्साको रूपमा…
Read More
लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियताः लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियताः लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन्  । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निश्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेखकको पहिलो बर्षको कार्यकालमा लागूऔषध विरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान नै सञ्चालन गरे । काठमाण्डौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिए । मुलुकभर विभिन्न कार्यक्रम मार्फत लागूऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि दु्रत गतिमा अघि बढाएका मन्त्री…
Read More
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभरुपमा सेवा दिनुपर्ने बताए । उनले दुस्ख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका संचालक मीनबहादुर गुरुङ  र साबित्री गुरुङको प्रशंशा गरे ।
Read More
आजको मौसम: कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित वर्षा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भने भारी वर्षा पनि भइरहेको छ । यस्तै, आज दिउँसोः बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.