ललितपुरको पुलचोकमा तीनदिने सहकारी रोजगार मेला लाग्ने
ललितपुरको पुलचोकमा तीनदिने सहकारी रोजगार मेला लाग्ने काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यहि असार ७, ८ र ९ गते तीन दिन ‘सहकारी रोजगार मेला २०८१’ आयोजनामा गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघले ललितपुरको पुलचोकमा मेला लाग्ने जानकारी दिएको छ । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मुख्य नाराका साथ नेपालको सहकारी इतिहासमा पहिलो पटक हुन लागेको रोजगार मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरू प्रवर्द्धन गर्ने प्रतिबद्धतामा कोसेढुङ्गा सावित हुने आयोजकको विश्वास छ । ‘हाल ३१ हजार भन्दा वढी सहकारी संघ÷संस्थामार्फत १ लाखलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको यस क्षेत्रको भिजन…
