आफ्ना विरुध्द उठेको प्रश्न सह्य नभएपछि सिरोहिया विरुध्द पक्राउ पूर्जी

आफ्ना विरुध्द उठेको प्रश्न सह्य नभएपछि सिरोहिया विरुध्द पक्राउ पूर्जी

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले पूर्वाग्रह राखेर कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको खुल्न आए त्यो कान्तिपुरको मात्रै लडाइँ नभएर नेपाली कांग्रेसको पनि हुने बताएका छन् ।

धनुषा जिल्ला अदालतबाट मंगलबार सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको समाचार बाहिरिएसँगै संसद भवन बाहिर सञ्चरकर्मीसँग सांसद पाण्डेले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अहिलेका नयाँ राजाहरुले आफ्ना विरुद्ध प्रश्न सुन्न नचाहेको, नसकेको र पूर्वाग्रहको आधारमा त्यो गरिएको हो भने त्यो कान्तिपुरको लडाइँ मात्र हुन्न, त्यो सञ्चार जगतको लडाइँ हुन्न, त्यो लडाइँ नेपाली कांग्रेसको पनि हुन्छ भन्नेमा हामी दृढ छौं ’ पाण्डेले भने ।

पाण्डेले गृहमन्त्री रवि लामिछानेको पनि दुईवटा नागरिकता लिएको विषय बाहिर आएको स्मरण गर्दै सिरोहियाको विषय अनुसन्धानबाट छिनोफानो हुने उल्लेख गर्दै ‘तर पूर्वाग्रह राखेर प्रश्न उठाएकै भरमा प्रश्नको घाँठी निमोठ्न खोजिएको हो भने त्यो सह्य हुँदैन ।’

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको र जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पूर्जी जारी गर्न आदेश दिएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.