तीजमा इन्फोवेजको विशेष अफर, ल्यापटप सर्भिसिङ निःशुल्क
तीजमा इन्फोवेजको विशेष अफर, ल्यापटप सर्भिसिङ निःशुल्क ललितपुर । तीजको अवसरमा ललितपुरको लगनखेलस्थित Infoways Computer System ले दुई दिने निःशुल्क ल्यापटप सर्भिसिङ योजना ल्याएको छ। आगामी भदौ २८ र २९ गते सञ्चालन हुने योजनाअन्तर्गत ल्यापटपको क्लिनिङ, ट्रबलसुटिङ तथा कुलिङ पेस्ट (Thermal Paste) सम्बन्धी सेवा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ल्यापटपमा कुनै पार्टपुर्जा फेर्नुपर्ने अवस्था देखिएमा आवश्यक पार्ट्स उचित मूल्य तथा सहुलियत दरमा उपलब्ध गराइनेछ। विशेषगरी विद्यार्थी तथा युवालाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ। इन्फोवेजले यसअघि पनि विभिन्न अवसर तथा पर्वलाई लक्षित गर्दै निःशुल्क सर्भिसिङ, विशेष छुट तथा उपहार कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।…
