प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईँ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताएका छन् ।
विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गरे । उनले दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र विभाजित हुँदै गएको आरोप लगाए ।
उनले भने, ‘आज देशमा प्रतिपक्ष नभएको अवस्था छ । दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा छन् । दलहरू टुक्राटुक्रा हुँदै गएका छन् र अब उठ्न नसक्ने अवस्थामा पुगेका छन् । हामी सदनमा नभएपनि सडकमा प्रतिपक्षको भूमिका निभाइरहेका छौं । सदनबाट उठ्नुपर्ने आवाज सडकबाट उठाइरहेका छौं ।’
प्रसाईँले नयाँ सरकार गठन भएपछि सुरुका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताए ।
यसैबीच उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै गरिबका घरमा डोजर चलाइएको विषयमा आलोचना गरे ।
उनले सामाजिक सञ्जाल र एल्गोरिदमको प्रयोग गरेर जनतालाई प्रभावित पारिएको आरोप लगाउँदै भने, ‘विदेशमा रहेका दाजुभाइहरूले घरमा फोन गरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज नेपालबाट आमाबुबाले भनिरहेका छन्, अब घर नै छैन, कुन घर फर्किन्छस् ? घण्टीले घर भत्काइदियो ।’
प्रसाईँले गरिब बस्तीमा डोजर चलाएर घर भत्काइएको भन्दै त्यसबाट पीडित भएका नागरिकको आँसु लाग्ने चेतावनीसमेत दिएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.