राजनिति

नाउपाको अध्यक्षमा रेशम चौधरीका बुबा लालवीर चयन

नाउपाको अध्यक्षमा रेशम चौधरीका बुबा लालवीर चयन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष चयन गरेको छ । बिहीबार रञ्जिता श्रेष्ठ विरोधी पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाएको हो । हिजो बुधबार पार्टीले रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको थियो । अध्यक्ष चयनपछि रेशम लाल चौधरीले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गरेको बताए । उनले भने, ‘विधिसंवद रुपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय सदस्यहरुले भनेपछि हामीले पत्रचार गरेका थियौ । २४ घण्टाको समय दिएका थियौं । उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो, बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष…
Read More
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो । माओवादी केन्द्रले गत फागुनमा अभियानअन्तर्गत मध्यपहाडी लोकमाग अभियान चलाएको थियो । उक्त अभियानलाई निरन्तरता दिने वा महाधिवेशनमा जाने भन्ने निर्णय गर्न माओवादीले स्थायी कमिटी बैठक बस्दैछ ।
Read More
कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदै

कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदै

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तनको लागि आज मतदान हुने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त भएको दलको नेताको पदका लागि कांग्रेसले मतदानको प्रक्रिया अघि बढाएको हो। कांग्रेस प्रदेश कार्यसम्पादन समितिले आज बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्दै दिउँसो २ बजेबाट मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ । निर्वाचन प्रक्रियालाई सफल रूपमा सम्पन्न गर्न तीन सदस्यीय समिति गठन गरिएको छ, जसको संयोजकत्वमा प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठ छन् भने सदस्यमा सहमहामन्त्री ऋषिराम घिमिरे र जीवन डंगोल रहेका छन् । मंगलबारको दल बैठकमा लामाविरुद्ध २२ सांसदले मत दिएका थिए, जुन संख्या कांग्रेस…
Read More
मन्त्रालयका सेवाहरु एकद्वार प्रणाली र प्रविधिमैत्री बनाउने अभियानमा छौं : मन्त्री भण्डारी

मन्त्रालयका सेवाहरु एकद्वार प्रणाली र प्रविधिमैत्री बनाउने अभियानमा छौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लगेर प्रविधिमैत्री बनाउने बताएका छन् । सोमबार काठमाडौंमा श्रम मन्त्रालयले गरेको श्रम संसार नागरिक एपको शुभारम्भ कार्यक्रममा उनले प्रविधिमैत्री सेवा प्रवाह गर्ने र सेवालाई पारदर्शि बनाउने भन्ने उद्देश्यका साथ श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लिएर जाने भन्दै त्यसमा अहिलेको प्रविधिको प्रयोग पनि गर्ने बताए । उनले भने, ‘अहिले डिजिटल नेपालको अवधारणा अनुसार नेपालका सेवा प्रवाहहरुलाई अत्यन्तै प्रभावकारी बनाउने, पेपरलेस, फेसलेस हिसाबले अगाडि बढाउने र अहिलेको प्रविधिमैत्री सेवा प्रवाह गर्ने एवम सेवालाई पारदर्शि बनाउने भन्ने उद्देश्यका आधारमा काम गरिरहेका छौं । मन्त्रालयले…
Read More
समाचार सुधार र क्षमायाचना ः डिजिटल अर्थतन्त्रबाट वर्षको एक खर्ब रुपैयाँ भित्रिएको शिक्षामन्त्रीको दाबी

समाचार सुधार र क्षमायाचना ः डिजिटल अर्थतन्त्रबाट वर्षको एक खर्ब रुपैयाँ भित्रिएको शिक्षामन्त्रीको दाबी

समाचार सुधार र क्षमायाचना ः डिजिटल अर्थतन्त्रबाट वर्षको एक खर्ब रुपैयाँ भित्रिएको शिक्षामन्त्रीको दाबी काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले नेपालमा डिजिटल अर्थतन्त्रको तीव्र विस्तारसँगै विदेशबाट वर्षमा झन्डै एक खर्ब रुपैयाँ भित्रिने गरेको बताएका छन् ।शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका–१५ वडा कमिटीले आयोजना गरेको एसईई सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पन्तले अहिले नेपालमा ठूलो संख्यामा युवाहरू डिजिटल माध्यमबाट घरमै बसेर विदेशी कम्पनीहरूसँग काम गरिरहेको उल्लेख गरे ।उनले भने, ‘मैले तपाईंहरूलाई भन्छु, अहिले काठमाडौँमा ८० देखि १ लाख मान्छे, त्यस्ता छन् युवाहरू, जसले कुनै जागिर खाँदैनन्, तर महिनाको अढाई लाख, तीन लाखदेखि ५०–६० हजार घरै बसीबसी कमाउँछन् ।…
Read More
सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि एमालेको आपत्ति काठमाडौं  । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ । बैठकले आत्मसमीक्षा, सांगठनिक सुधार र वैचारिक स्पष्टताको आवश्यकतासँगै जनताबीच दूरी घटाउने कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने निष्कर्ष निकालेको छ । एमालेले पछिल्लो समय भारतसँग गरिएको भू सर्वेक्षण, सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि गम्भीर आपत्ति जनाउँदै नेपाली राष्ट्रियताको पक्षमा प्रष्ट अडान लिएको छ । पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै पनि राष्ट्रहित विपरीत हुने कुनै पनि निर्णय मान्य नहुने बताएको छ । एमालेका केन्द्रीय प्रचार तथा…
Read More
रुस द्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक काठमाडौं । रूसले मंगलबार युक्रेनी सैन्य क्षेत्रमा आक्रमण जारी राखेको छ । रुसको रक्षा मन्त्रालयको दैनिक ब्रीफिंग अनुसार, रुसको सेनाले विगत २४ घण्टामा सुमी, खार्किभ र डोनेट्स्क लगायत युक्रेनी क्षेत्रहरूमा आक्रमण गरेको हो । आक्रमणका क्रममा रुसले युक्रेनका धेरै इलेक्ट्रोनिक युद्ध स्टेशनहरू, राडार स्थापनाहरू र गोलाबारुद डिपोहरू ध्वस्त पारेको छ ।कककक रुसी आक्रमणको प्रतिबाद गर्दै युक्रेनले सोही दिन १७८ वटा रूसी ड्रोनहरू खसालेको छ । रुसी वायु रक्षा एकाइहरूले सोही अवधिमा सात युक्रेनी बम, रकेट र १०३ फिक्स्ड–विङ ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले एक युद्ध रिपोर्टमा भनेको छ…
Read More
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन् । बुधबार साझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले उनलाई सपथ ग्रहण गराउने छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए । न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन् ।
Read More
प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ?’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रााप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोगको अवस्था के भएको हो भन्ने प्रश्न उठाउँदै सरकारमाथि गम्भीर प्रश्न खडा गरे । ‘कता छ प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनता र देशले त्यसलाई खोजिरहेको छ,’ उनले भने । लिङ्देनले पछिल्ला दिनमा मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विवरण सार्वजनिक भइरहेपनि कुनै नैतिक जवाफदेहिता नदेखिएको भन्दै असन्तुष्टि जनाए । ‘यदि नैतिकता छ भने, यदि सुशासनप्रति अलिकति पनि प्रतिवद्धता छ भने…
Read More
सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकार र प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले केही मन्त्रीहरुको अडियो सार्वजनिक भइसकेको घुस लेनदेनको घटनालाई लिएर सरकारको मौनता र सहनशीलता माथि प्रश्न उठाएका हुन् । बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोकुल बाँस्कोटाको यस्तै विषयमा राजीनामा भएको थियो । अहिले किन मौनता? सहनशीलता कहाँ छ ?’ उनले प्रधानमन्त्रीकै भनाइ उद्धृत गर्दै भने, ‘दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, हामी भ्रष्टाचार गर्दैनौं — यो प्रधानमन्त्री…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.