नाउपाको अध्यक्षमा रेशम चौधरीका बुबा लालवीर चयन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष चयन गरेको छ ।

बिहीबार रञ्जिता श्रेष्ठ विरोधी पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाएको हो । हिजो बुधबार पार्टीले रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको थियो ।

अध्यक्ष चयनपछि रेशम लाल चौधरीले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गरेको बताए । उनले भने, ‘विधिसंवद रुपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय सदस्यहरुले भनेपछि हामीले पत्रचार गरेका थियौ । २४ घण्टाको समय दिएका थियौं । उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो, बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गर्यौं ।’

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.