नेवार समुदायलाई दलित सूचीमा राख्ने निर्णयप्रति एमालेको आपत्ति, निर्णय फिर्ता लिन माग

ललितपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

कमिटीका अध्यक्ष नारायण सिलवालले २०८३ मंसिर १० गते जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले २०८३ असोज ८ गते नेपाल राजपत्र भाग ५, खण्ड ७६, संख्या ३६ मा प्रकाशित गरेको सूचीकृत निर्णयप्रति नेवार समुदायले विरोध जनाउँदै आएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेवार समुदाय, उक्त समुदायभित्रका संस्कृतिविद्, अगुवा तथा अभियन्ताहरूको राय–सल्लाहसमेत नलिई गरिएको निर्णयले नेवार समुदायको जातीय परम्परा, भाषा, मातृभाषा तथा संस्कृतिको अवमूल्यन गरेको भन्दै आपत्ति जनाइएको छ।

एमाले राजधानी प्रदेश कमिटीले उक्त निर्णय तत्काल खारेज गरी सूचीकृत व्यवस्थामा पुनर्विचार गर्नुपर्ने माग गरेको छ। साथै, सम्बन्धित समुदायका व्यक्तिहरूसँग परामर्श गरी आमसहमतिका आधारमा निर्णय गर्न नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ।

कमिटीले नेवार समुदायको पहिचान, परम्परा, भाषा र संस्कृतिको सम्मान गर्दै सरोकारवालासँग छलफल गरेर मात्रै यस विषयमा निर्णय लिनुपर्ने धारणा सार्वजनिक गरेको हो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.