निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले निजामती कर्मचारी विधेयक आउछ कि आउदैँन् भन्ने अन्यौलताको अन्त्य भएको बताएका छन् । 

बिहिबार काठमाडौंमा आयोजित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोहमा उनले निजामती कर्मचारी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेको भन्दै अब विधेयक आउछ कि आउदैँन् भन्ने कुराको अन्त्य भएको बताए ।

उनले भने, ‘निजामती विधेयक प्राप्त नहुदा एक प्रकारको तनावबाट निजामती क्षेत्र गुज्रियो र धेरै मेहेनत पश्चात प्रतिनिधि सभाबाट त्यो विषय अगाडि बढेको छ । राष्ट्रिय सभामा त्यो विषय प्रवेश गरेको छ । प्रतिनिधि सभाबाट विधेयक पारित भईसकेपछि राष्ट्रिय सभामा धेरै समय लगाउन मिल्दैँन् । त्यस हिसाबले निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भईसकेको छ । त्यस कारण विधेयक आउछ कि आउदैँन् भन्ने कुराको अन्त्य भएको छ ।’

यस्तै, उनले निजामती कर्मचारीहरुको निरन्तरताको खबरदारीले सफलता हासिल गरेको भन्दै पार्टीको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.