राजनिति

विपक्षी दलहरुले भने– ‘सरकारले भ्रष्टाचारीहरूलाई जोगायो’

विपक्षी दलहरुले भने– ‘सरकारले भ्रष्टाचारीहरूलाई जोगायो’

काठमाडौं । सरकारले संसदमार्फत विधेयकका रुपमा लयाउनुपर्ने कानूनहरु अध्यादेश मार्फत ल्याएको भन्दै विपक्षी दलहरुले भत्र्सना गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विपक्षी दलहरूले संसदमा विचाराधिन विधेयक फिर्ता समेत नलिइ अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै सरकारको कदमलाई ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति’ भनेर भत्र्सना गरेका हुन् ।उनीहरुले सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अवरुद्ध गर्दै भ्रष्टाचारीहरूलाई जोगाएको आरोप लगाएका छन् ।सरकारले नेपाल विद्युत प्राधिकरणमा चरम राजनीतिक हस्तक्षेप बढाउँदै भूमिहीन तथा सुकुम्बासी जनतालाई जग्गा उपलब्ध गराउने बहानामा भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरेको विपक्षी दलहरुको ठहर छ ।विपक्षीदलहरुको प्रेस वक्तव्य जस्ताकोतस्तै ःवर्तमान गठबन्धन सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जनअपेक्षा…
Read More
कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै

कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैछ । बिहीबार बिहान ८ः०० बजे सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीबाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो । ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री÷राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने सो बैठकमा दलबाट सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन्त्रीको पनि ब्रिफिङ सुन्ने तयारी छ ।
Read More
रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश

रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेको ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रस्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।
Read More
स्वपाले भन्यो- ‘पार्टी सदस्यले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको भेटिए कारबाही हुन्छ ’

स्वपाले भन्यो- ‘पार्टी सदस्यले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको भेटिए कारबाही हुन्छ ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेमा पार्टी सदस्य संलग्न भएको पाइए कारबाही गर्ने जनाएको छ ।बुधबार रास्वपाले विज्ञप्ति जारी गर्दै पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने जनाएको छ ।‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ, पक्कै पनि यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनितिक दलको लागि स्वीकार्य छैन, रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ…
Read More
संहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु

संहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने तयारी रहेको छ । यसपछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । आजै अपराह्न ४ बजे माओवादी पदाधिकारी बैठक पनि खुमलटारमा बस्ने भएको छ ।
Read More
कांग्रेस मझौला व्यवसायी विकास विभागले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने

कांग्रेस मझौला व्यवसायी विकास विभागले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने

काठमाडौं । साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारिकीकरण गर्न र उद्यमशीलता विकास गर्नका लागि नेपाली कांग्रेसल नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्मेलन गर्न लागेको हो । आर्थिक रुपान्तरणलाई प्रवद्र्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न, युवा उद्यमीलाई प्रोत्साहित गर्दै उद्यमशीलता विकासमा सहयोग पु¥याउन सम्मेलन आयोजना गरेको नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलीयाले बताइन् । ‘साना तथा मझौला…
Read More
आज पाचँ संसदीय समितिको बैठक बस्दै

आज पाचँ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज (शुक्रबार) पाचँ वटा संसदीय समितिको बैठक बस्दैछ । जसमा राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको ३२ औँ बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ ।यस्तै, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५३ औँ बैठक बस्दैछ । बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुदँैछ । बैठक बिहानको ११ः३० बजे बस्दैछ ।त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा नेपालको संविधानको धारा २६५ मा गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश…
Read More
रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुदैँ

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुदैँ

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपियाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहिबार राती हिरासतमुक्त भएका लामिछाने आज आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने भएका हुन् । बिहिबार राती हिरासतमुक्त भएपछी उनी जिल्ला प्रहरी कार्यालय कास्की नजिकै रहेको फिस्टेल अस्पतालमा पुगेर स्वास्थ्य परिक्षण गराएर पोखराको लेकसाइडस्थित उनका सहकर्मीहरु बसेको होटलमा बस बस्न पुगेका थिए भने राती नै उनले आफ्ना शुभचिन्तक, आफन्त, नेता र कार्यकर्तहरुलाई भेटेका थिए । यता आफ्नो पार्टी सभापति हिरासतमुक्त भएको थाहा पाउने बित्तिकै पार्टी उपसभापति स्वर्णिम वाग्ले तनहुँमा निर्धारित आफ्नो…
Read More
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

पोखरा । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन् । नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज(आइतबार)दिनभर राजनीतिक भेटघाट गर्नमा ब्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम हालका सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन् । महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटी फकिएका हुन् । सहकारी सम्बन्धि मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन् । यता, रवि लामिछानेबिरुद्ध यथेष्ट प्रमाण छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.