एमालेमा भूकम्प! रावल पक्षमा ५९ नेता

काठमाडौं, ७ माघ: नेकपा एमालेमा विभाजनको संकेत देखिएको छ। पार्टीबाट निष्कासित नेता डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई ५९ जना नेता–कार्यकर्ताले समर्थन जनाएका छन्।

आज सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम समावेश छ।

विज्ञप्तिमा यी नेता–कार्यकर्ताले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ र ‘स्वेच्छाचारी’ निर्णयको विरोध गर्दै रावलको साथ रोजेको उल्लेख गरेका छन्। उनीहरूले एमालेले सिद्धान्त र आदर्शबाट विचलित भएर कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग हात मिलाएको आरोप लगाएका छन्।

किन खुले रावलको पक्षमा?

रावललाई २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो। पार्टी अनुशासन उल्लंघन गरेको भन्दै गरिएको यो निर्णयलाई रावल पक्षले ‘अन्यायपूर्ण’ भन्दै आएको छ।

रावल पक्षका अनुसार, ओलीले व्यक्तिगत स्वार्थका लागि पार्टीलाई ध्वस्त बनाउने काम गरिरहेका छन्। उनीहरूले ओलीको नेतृत्वमा पार्टीमा इमान्दार र देशभक्त सदस्यहरूका लागि कुनै स्थान नरहेको बताएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.