राजनिति

प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन

काठमाडौं । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो । चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकै पटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो । ‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा…
Read More
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठक बोलाएपछि पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठक कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका हुन् । सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ । उपसभापति शर्माले सभापतिको राजीनामा अस्वीकृत हुने बताइसकेका छन् । यद्यपि बैठकमा छलफल गरेपछि यो…
Read More
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई

प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार साँझ आफ्नो औपचारिक फेसबुक पेजमार्फत डा। शर्माको नेतृत्वमा चयन भएको टोलीलाई सफल कार्यकालको शुभकामना दिएकी हुन्। प्रधानमन्त्री कार्कीले एकता र मेलमिलापभन्दा ठुलो शक्ति अरू केही नहुने बताउँदै गैर आवासीय नेपाली सङ्घले आज एउटै मञ्च र एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रण लिएको उल्लेख गरेकी छन्। उनले विश्वभर रहेका सम्पूर्ण गैर आवासीय नेपालीलाई बधाई दिँदै डा। हेमराज शर्मा नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। यसअघि प्रधानमन्त्री कार्कीले गैर आवासीय नेपाली सङ्घको…
Read More
रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो

रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ ।आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको जानकारी दिए । उनले रास्वपाले समानुपातिक सूचीमा पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली तोकिएको समयसीमाभित्रै निर्वाचन आयोगमा बुझाउने निर्णय गरिएको बताए ।उनका अनुसार सूचीमा खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम…
Read More
माथिल्लो तहका नेताबाट लान्छना लगाउने र घृणायुक्त अभिव्यक्तिप्रति योगेश भट्टराइको आपत्ति

माथिल्लो तहका नेताबाट लान्छना लगाउने र घृणायुक्त अभिव्यक्तिप्रति योगेश भट्टराइको आपत्ति

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्ला तहका नेताबाट लान्छना लगाउने, घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा उनले पार्टीका माथिल्लो तहबाटै आफू र पार्टी नेतामाथि अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको दाबी गरेका हुन् । ‘एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ,’ उनले लेखेका छन्, ‘यस बिचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ ।’ उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन पार्टीलाई बहु आयामिक रूपले…
Read More
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो । बैठकमा प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ । बैठकमा पार्टीको आगामी रणनीतिलगायत समयसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।
Read More
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ

रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य रूपमा बढेको देखिएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामले नेपाली राजनीतिक परिदृश्यमा नयाँ संकेत दिएको भन्दै विभिन्न राजनीतिक व्यक्तित्वहरूले आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । नेकपा एमालेका नेता तथा नेपाल जनजाति महासंघका महासचिव पेम्बा गुरुङले टेलिफोन संवादमा यसबारे टिप्पणी गर्दै अहिलेको राजनीतिक परिस्थिति व्यक्तिभन्दा पनि चुनाव चिन्ह र जनआक्रोशले निर्धारण गरेको बताए ।  गुरुङका अनुसार देशमा लामो समयदेखि सत्तामा रहेका दलप्रति जनतामा असन्तुष्टि बढ्दै गएको छ । “देशमा प्रतिनिधि नचिनेर पनि धेरै मतदाताले भोट दिएका छन्,” उनले भने, “धेरैले आफ्नो भोट…
Read More
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ।आयोगका अनुसार तीन प्रतिशत पार गर्ने ६ दलले सिट संख्या प्राप्त गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेको आयोगले जनाएको छ ।आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा…
Read More
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा

हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा र बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने बताएका छन् ।बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले संसदमा दुईतिहाइ बहुमतका लागि उक्त सरकारलाई दुई सिट कम रहेको उल्लेख गरेका छन् ।उनले सरकार संविधान संशोधन गरेर धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र स्थापना गर्न तयार भए रास्वपाका पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् ।थापाले लेखेका छन,‘यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ ।’नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आवाज…
Read More
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले यसपटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन् । उनले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भन्दै त्यसलाई शिरोधार्य गर्नु आफ्नो तथा पार्टीको कर्तव्य भएको बताएका छन् ।ओलीले निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफ्नो पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले देखाएको विश्वास र साथ नै पार्टीको मुख्य शक्ति भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.