प्रधानमन्त्री कार्की–रवि लामिछाने भेट: बधाईसँगै सहकार्य र स्थिरताको सन्देश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरी ऐतिहासिक निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा बधाई ज्ञापन गरेका छन्।

लामिछानेले समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्री, मन्त्रिपरिषद् र सचिवालय टोलीको प्रशंसा गरे। उनले प्रधानमन्त्रीको दृढ नेतृत्वका कारण देशले लोकतान्त्रिक निकास पाएको भन्दै उच्च सम्मान व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले पनि रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताप्रति बधाई दिँदै युवाहरूले देशप्रति देखाएको अपेक्षा पूरा गर्न इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिइन्। उनले चुनौतीहरूबीच एकताबद्ध भएर अघि बढ्न र आलोचनालाई कामबाटै जवाफ दिन सुझाव दिइन्।

भेटमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो। सभापति लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति कुनै आपत्ति नरहेको स्पष्ट पार्दै अर्को सरकार गठन नहुँदासम्म प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.