राजनिति

प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना

प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना

काठमाडौं । आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए। उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए ।संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ। साथै, प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा समूह (जेनजी), नागरिक समाज र सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। यस कार्यक्रममा लक्स्मी बैंकले अर्थतन्त्रका चुनौती समाधानका लागि संवाद र सहकार्यको वातावरण निर्माण गर्ने…
Read More
नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध

नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्।समानुपातिक प्रणालीले भौगोलिक विकटता, पहुँच र पावर नभएका योग्य व्यक्तिहरूलाई प्रतिनिधित्व दिने उद्देश्य राखेको भन्दै पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति जनाएकी हुन् । उनले लेखेकी छन्, ‘समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचिले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ।’ उनले पार्टी भित्रका पदाधिकारी र सचिवालय सदस्यका आफन्त वा नातेदारले अग्रपङ्तिमा नाम सुरक्षित गर्ने प्रवृत्तिले समानुपातिक प्रणालीको औचित्यमाथि प्रश्न उठाएको बताइन्। उनले भनेकी छन्, ‘समानुपातिकले…
Read More
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री

निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव र ठूलो शक्ति भएको बताएकी छन् ।मंगलबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सव २०८२ मा उनले सांस्कृतिक विविधता नेपालको गौरव भएको भन्दै तमु ल्होसारजस्ता पर्वहरूले मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गरेको बताइन् ।उनले भनिन्, ‘सांस्कृतिक विविधता नेपालको गौरव हो । यही विविधता नै हाम्रो ठूलो शक्ति पनि हो । तमु ल्होसारजस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन् । यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन् ।’यस्तै, उनले सरकार पछिल्ला…
Read More
बालेनलाई जहाँबाट उम्मेदवारी दिए पनि हराउने हर्क साम्पाङको दाबी

बालेनलाई जहाँबाट उम्मेदवारी दिए पनि हराउने हर्क साम्पाङको दाबी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै साम्पाङले “बालेनलाई चुनावमा हराउनेछौँ, जहाँबाट उम्मेदवारी दिन्छन् त्यहीँ हामी हराउनेछौँ” भन्दै दाबी गरेका हुन्। उनले पोस्ट गरेको भिडियोमा खुला सभामा गरिएको सम्बोधन देखिन्छ, जहाँ साम्पाङले चेतना, परिश्रम र जनताको शक्ति नै परिवर्तनको आधार हुने बताएका छन्। उनले व्यक्तिवादभन्दा जनशक्ति बलियो हुने भन्दै आगामी चुनावमा वैकल्पिक शक्तिले जित हासिल गर्ने दाबी गरेका छन्। हर्क साम्पाङको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। कतिपयले उनको भनाइलाई राजनीतिक चुनौतीका रूपमा लिएका छन् भने…
Read More
चुनावी तयारीकै बीच आयोगभित्र युवाको विरोध, लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न

चुनावी तयारीकै बीच आयोगभित्र युवाको विरोध, लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न

काठमाडौं । निर्वाचनको औपचारिक तयारी तीव्र बन्दै गएको समयमा निर्वाचन आयोग परिसरभित्रै युवाहरूको विरोध प्रदर्शनले लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । सोमबार साँझ आफूलाई जेनजी समूहको रूपमा चिनाउने केही युवाहरूले आयोगको सुरक्षा घेरा तोड्दै प्रवेश गरी चुनाव रोक्न माग गर्दै नाराबाजी गरेका थिए । राजनीतिक दलहरू समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाइरहेका बेला भएको प्रदर्शनले युवा पुस्ताको गहिरिँदो असन्तुष्टि उजागर गरेको हो । प्रदर्शनकारीहरूले जेनजी आन्दोलनका क्रममा भएका दमन र हत्याका घटनामा दोषीमाथि कारबाही नभएसम्म चुनाव स्वीकार्य नहुने दाबी गर्दै आएका छन् ।उनीहरूले बन्द कोठाभित्र राजनीतिक सहमति गरेर चुनावमा जाने निर्णयलाई आन्दोलनमाथिको धोका भएको बताएका छन् । राजनीतिक दलहरू समानुपातिक…
Read More
जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

काठमाडौं । गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् ।सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार नरहेको भन्दै आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका हुन् ।उनले भने,‘प्रदर्शनहरुमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ । गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहबीच एकता सम्बन्धी सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहबीच एकता सम्बन्धी सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बा्लेन्द्र शाह (बालेन) बीच बहुदलीय एकता सम्बन्धी सहमति भएको छ। समानता, सुशासन, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतालाई केन्द्रमा राख्दै दुवै पक्षबीच लिखित सहमति भएको हो। सहमति पत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध नागरिक तहबाट भएको आन्दोलनको भावना आत्मसात गर्दै, युवाशक्ति र नागरिकको अपेक्षाअनुसार राजनीतिक परिवर्तनलाई अघि बढाउने प्रतिबद्धता जनाइएको छ। २०८२ साल भदौं २३ र २४ गते काठमाडौंमा सम्पन्न नागरिक आन्दोलन तथा विभिन्न पक्षको बलिदानलाई प्रेरणाका रूपमा लिँदै साझा लक्ष्य हासिल गर्ने उल्लेख गरिएको छ। सहमति अनुसार बहुदलीय एकता पश्चात् गठन हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहनेछ। दलको झण्डा, चुनाव…
Read More
निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन

निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ । निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइको छ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश…
Read More
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन

जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश समितिको अधिवेशनमा जुटेको छ । पार्टीले दुइटा प्रदेश समितिको अधिवेशन गरेको छ भने आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको पार्टी प्रचार विभागले जनाएको छ । पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । जसपा नेपालले कोशी प्रदेश समिति र मधेश प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ । कोशी प्रदेश समितिको अधिवेशनबाट दीपक याक्खाको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित भएको छ । प्रदेश समितिको उपाध्यक्षमा अनील ठाकुर, हस्तशोधा राई, विष्णुकुमार लावती मुख्यसचिवमा घनश्याम कटुवाल सचिवहरुमा आइत चेम्जोङ, मनोज यादव, दीपेन्द्र रुम्दाली र कोषाध्यक्षमा केशब…
Read More
ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै

ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्दैछ । बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने बताइएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् भने अन्त्यमा, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।  बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा निर्देशन दिने गौतमले बताए । बैठक ललितपुरको भनीमण्डलस्थित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.