समाचार

रामेछाप बस दुर्घटना : मृत्यु हुने १२ मध्ये ११ जनाको पहिचान खुल्यो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान बस खस्दा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् ।दुर्घटनामा परी केही यात्रु अझै हराइरहेको आशंका गरिएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण हालसम्म प्राप्त नभएको जनाइएको छ । घाइतेहरूको धुलीखेल र काठमाडौंमा उपचार भइरहेको छ ।सामान्य घाइते भएका चालकलाई भने उपचार पछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।मन्थली नगर…
Read More
लागुऔषध गाँजा र चरेशसहित ९ जना नियन्त्रणमा

लागुऔषध गाँजा र चरेशसहित ९ जना नियन्त्रणमा

ललितपुर । ललितपुर महानगरपालिका–२३ हरिसिद्धि क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२।१०।१६ गते दिउँसो करिब २ बजे प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा हिँडिरहेका सुमन खड्कालाई चेकजाँच गर्दा सेतो प्लाष्टिकको प्याकेटभित्र गाँजाबाट बनेको ‘पोल्याण्ड’ जस्तो देखिने लागुऔषध फेला पारेको थियो। प्रारम्भिक सोधपुछका क्रममा खड्काले उक्त पदार्थ हात्तिवनस्थित एक क्याफेबाट खरिद गरेको बताएका थिए। उनकै बयानका आधारमा प्रहरी टोलीले ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित राकेश देउलाले सञ्चालन गरेको क्याफेमा खानतलासी गर्दा लागुऔषध गाँजा, नगद रकम तथा अन्य सामग्री बरामद गरेको हो। त्यसपछि क्याफे सञ्चालकका छोरा विकेश देउलासँग सोधपुछ गर्दा उक्त लागुऔषध परिवारले बाफलस्थित भाडाको…
Read More
फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा मतदाता सचेतना तीव्र, नमूना मतपत्र सार्वजनिक

फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा मतदाता सचेतना तीव्र, नमूना मतपत्र सार्वजनिक

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता सचेतना कार्यक्रमलाई तीव्र बनाएको छ ।सोहीक्रममा आयोगले देशभरका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसारका नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगका अनुसार सातै प्रदेशका जिल्लामा रहेका निर्वाचन क्षेत्रको संरचनाअनुसार फरक–फरक प्रकारका मतपत्र तयार पारिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि अर्को प्रकारको नमूना मतपत्र सार्वजनिक गरिएको हो । उम्मेदवारको सङ्ख्याअनुसार पनि मतपत्रको आकार फरक हुने आयोगले जनाएको छ। धेरै उम्मेदवार भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो मतपत्र…
Read More
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान

प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्। शुक्रबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको अपेक्षासहित उठेको ‘जेनजी आन्दोलन’मा सहादत प्राप्त गर्ने वीर योद्धाप्रति पनि नमन व्यक्त गरेकी छन्। ‘नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,’ उनले लेखेकी छन्, ‘न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई पनि नमन।’ प्रधानमन्त्री कार्कीका अनुसार ती सहिदहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको एक ऐतिहासिक मोडमा…
Read More
विकास खर्च सुस्त, ललितपुर महानगरको पुँजीगत खर्च २४ प्रतिशत

विकास खर्च सुस्त, ललितपुर महानगरको पुँजीगत खर्च २४ प्रतिशत

ललितपुर । ललितपुर महानगरपालिकाको आठौँ नगरसभा (हिउँदे नगरसभा) आइतबार सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८२/०८३ को हालसम्म पुँजीगत खर्च २४ प्रतिशतमा सीमित रहेको विषय प्रमुख रूपमा उठेको छ, जसले महानगरको विकास खर्च अपेक्षाअनुसार अघि बढ्न नसकेको संकेत गरेको छ। नगरसभाको उद्घाटन सत्रमा महानगर प्रमुख चिरिबाबु महर्जनले जेन–जी प्रदर्शन र प्रतिनिधिसभा निर्वाचनका कारण विकास बजेट कार्यान्वयनमा अवरोध आएको बताए। निर्वाचन आचारसंहिता लागू हुनुअघि नै जनतासँग प्रत्यक्ष जोडिएका योजना र कार्यक्रम सम्पन्न गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे। पुँजीगत खर्च नै विकास प्रगतिको मुख्य सूचक भएको उल्लेख गर्दै महर्जनले अघिल्ला वर्षको अनुभवअनुसार आर्थिक वर्षको पछिल्लो छ महिनामा खर्चको गति बढ्ने दाबी…
Read More
आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने

आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि २ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागेको हो । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि विद्युत आपूर्ति बन्द लागेको छ । सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म विद्युत आपूर्ति बन्द हुनेछ । प्राधिकरणले विद्युत आपूर्ति बन्द हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । तोकिएको…
Read More
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ। लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनले…
Read More
पशु सेवा कार्यालयको जग्गा अदालतलाई दिन नहुने सरोकारवालाको माग

पशु सेवा कार्यालयको जग्गा अदालतलाई दिन नहुने सरोकारवालाको माग

ललितपुर, पुस २९ — काठमाडौँ उपत्यकाका तीन जिल्लाका किसानलाई सेवा दिँदै आएको ललितपुरको लगनखेलस्थित पशु सेवा कार्यालयको जग्गा तथा भवन जिल्ला अदालतलाई हस्तान्तरण गर्न नहुने सरोकारवाला निकायहरूले माग गरेका छन्। विसं २००६ मा स्थापना भएको उक्त कार्यालयले पछिल्लो ७६ वर्षदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका किसानलाई पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। कार्यालयबाट पशु चिकित्सा उपचार, रोग निदान प्रयोगशाला, कृत्रिम गर्भाधान तथा प्रजनन सेवा, पशु कल्याण प्रवर्धन, मत्स्य उत्पादन तथा प्रवर्धनजस्ता सेवा सञ्चालन हुँदै आएका छन्। बागमती प्रदेश सरकारले पशु सेवा कार्यालय रहेको जग्गामा जिल्ला अदालतको भवन निर्माण गर्ने र त्यसको सट्टामा ललितपुर महानगरपालिकाले अन्यत्र छ रोपनी तीन आना जग्गा उपलब्ध…
Read More
वीरगन्जका मुख्य क्षेत्रहरूमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी

वीरगन्जका मुख्य क्षेत्रहरूमा जिल्ला प्रशासनद्वारा निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज मिति २०८२ पुस २१ गते दिउँसो १ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा जारी गरिएको हो ।प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि वीरगन्जका तोकिएका चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन् ।पूर्वमा बसपार्क क्षेत्र देखि पश्चिममा सिर्सिया पुल सम्म, उत्तरमा पावर हाउस चोक देखि दक्षिणमा शङ्कराचार्य गेट सम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालले जनाएको…
Read More
बाघको आक्रमणबाट एकको मृ्त्यु

बाघको आक्रमणबाट एकको मृ्त्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षिया बालिकाको मृत्यु भएको छ । घाँस काट्न जाँदै गर्दा सोही वडा कोठिया बस्ने बिनीता परियारको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ । चिन्तजनक अवस्थामा फेला पारि उपचारको लागि बर्दिया अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर मल्लले बताए । पछिल्लो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.