समाचार

दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

ललितपुर । ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ । ललितपुर महानगरपालिकाको वडा नं २१ मा पर्ने खोकनामा दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि रुद्रायणी स्कूलअघि राँगाको बलि दिएर सुरु भएको हो । जात्रामा देवी रुद्रायणीलाई सम्मान र पूजा गर्ने परम्परा छ । विशेषत पाँच दिनसम्म मनाइने यो जात्रामा पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यवाधक सहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ । स्थानीय हिराकाजी महर्जनका अनुसार…
Read More
सर्वोच्च अदालत जल्दा केही युवाहरु अदालत जोगाउन लागि परेका थिए : सविता भण्डारी

सर्वोच्च अदालत जल्दा केही युवाहरु अदालत जोगाउन लागि परेका थिए : सविता भण्डारी

काठमाडौं । नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले ‘न्यायपालिका : अस्तित्व रक्षाको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायपालिका, सुशासन र युवा आन्दोलनका विषयमा धारणा व्यक्त गरेकी छिन् । महान्यायाधिवक्ता भण्डारीले हालको ‘जेनजी आन्दोलन’लाई समर्थन जनाउँदै, ती आन्दोलनकारीहरुले व्यक्तिगत फाइदाका लागि नभैइ, देशको हितका लागि आवाज उठाएको स्पष्ट पारिन् । उनले भनिन्, ‘जेनजी आन्दोलन देशमा सुशासन होस्, विदेश जान कसैलाई नपरोस्, भ्रष्टाचार अन्त्य होस् भनेर भएको हो । त्यसैको प्रतिफलस्वरूप अहिले देशमा नयाँ परिवर्तनको संकेत देखिएको छ ।’ उनका अनुसार आन्दोलनकारीहरुले आफ्ना लागि होइन, सम्पूर्ण देशका लागि आवाज उठाएका थिए । तर आन्दोलनकै क्रममा सर्वोच्च अदालत जलाइएको घटनालाई उनले गम्भीर रूपमा…
Read More
बालाजु बस दुर्घटना: ३४ जना घाइते

बालाजु बस दुर्घटना: ३४ जना घाइते

काठमाडौं । काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनले भने,‘३४ जना घाइते भएका छन् । काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन् । ’ उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
Read More
दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो । शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ । नेपालमा टीका लगाउने उत्तम साइतः काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११ः५३ बजे निर्धारण गरिएको छ । अन्य प्रमुख देशहरूमा टीकाको समय यस…
Read More
आगजनी गरिएका भवनको अवलोकनमा इन्जिनियर एशोसिएशन

आगजनी गरिएका भवनको अवलोकनमा इन्जिनियर एशोसिएशन

काठमाडौं । नेपाल इन्जिनियर एशोसिएशनले भदौ २४ गतेको आन्दोलनमा ध्वस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन गरेको छ । शनिबार आगजनीसहित तोडफोड भएको मन्त्रालयको अनुगमन गर्दै एशोसिएशनका अध्यक्ष इ.सुभासचन्द्र बरालले विशेष प्राथमिकता धेरै सेवाग्राहीहरु प्रभावित भइरहेको सरकारी भवनहरुलाई दिएर अध्ययन गरिरहेको बताए । उनले भने, ‘हाम्रो विशेष प्राथमिकता भनेको त्यस्तो सरकारी भवनहरु हो जुन सञ्चालनमा नहुँदा धेरै सेवाग्राहीहरु प्रभावित भइरहेका छन् । ती भवनहरु हेर्ने क्रम जारी छ । विशेषगरि शहरी विकास तथा भवन निर्माण विभाग, नेपाल इन्जिनियर एशोसिएशनलगायत विभिन्न इन्जिनियरिङ् सोसाइटीहरु छन् । हामीले विपद्सँग जोडिएका इन्जिनियरिङ् सोसाइटीका सम्पूर्ण इन्जिनियरहरुलाई एक गरेर प्रारम्भिक अध्ययन गरिरहेका छौ ।’ साथै, उनले…
Read More
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं : कुलमान घिसिङ

यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले यातायात र सडक व्यवस्थापनको काम द्रुत गतिमा अगाडि बढाउने बताएका छन् । मन्त्री घिसिङले आफैले बोलाएको आकस्मिक बैठकमा उनले अहिले वर्षातको समय भएको हुनाले यातायात र सडक व्यवस्थापनको विषयमा टोलीहरु बनाएर कामहरु गर्ने भन्दै द्रुत पुनःस्थापनाको काममा पनि लाग्ने बताए । उनले भने, ‘यातायात व्यवस्थापनको विषय, सडकको अवस्था र वर्षातको समय भएको हुनाले यसलाई कसरी व्वस्थापन गर्ने र कसरी द्रुत गतिमा काम गर्ने भन्ने विषयमा छलफल हुँदैछ र यसका लागि टोलीहरु पनि बनाएर कामहरु गर्छौ । द्रुत पुनःस्थापनाको काममा पनि लाग्ने छौं । कतै…
Read More
जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस्

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस्

काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरुले आफूहरुको रगतमाथि खेलबाड नहोस् भन्ने चाहेको बताएका छन् । उनीहरु आफंैले कसैलाई सत्तामा पुर्याउन भन्दापनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यको लागि बलिदान गरेको बताए ।शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरुले कसैलाई कुर्सीमा पुर्याउनको लागि आन्दोलन नगरेको बताए ।उनले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्यायोजना बनाउनु पर्ने माग समेत गरे । अहिले सरकारले दिएको सहयोग प्राप्त नहुने समेत बताए ।त्यसैगरी घाइते गुल्मीका गोकर्ण विस्ट, हुम्लाका सुरेश ऐडीले आफूहरु त्रासको वातावरण बसेको बताइन् । उनले घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।त्यस्तै, घाइते…
Read More
अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण: राष्ट्रपति सी

अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण: राष्ट्रपति सी

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका मिलेर अघि बढे दुवै देश मात्र होइन, विश्व नै लाभान्वित हुने बताएका छन् । उनले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक फाइदामा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका हुन् ।शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ताका क्रममा राष्ट्रपति सीले द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा खुला र गहिरो छलफल भएको जानकारी दिए । उनले विश्वयुद्धताका चीन र अमेरिका सहयात्री रहेको स्मरण गर्दै इतिहासलाई सम्झन, शान्तिलाई कदर गर्न र भविष्यतर्फ अघि बढ्न दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।वार्तामा राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धको रणनीतिक महत्व औंल्याउँदै, हालै सम्पन्न…
Read More
आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण

आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण

मकवानपुर । जेनजी आन्दोलनको नौ दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि सुरक्षा कारण घरभित्र सीमित रहेका मुख्यमन्त्री बानियाँ बिहीबार तोडफोड र आगजनीबाट क्षतिग्रस्त प्रदेशका सरकारी तथा निजी संरचनाको निरीक्षणका लागि हेटौँडामा देखा परेका हुन् । मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भाटभटेनी सुपर स्टोर लगायतका सरकारी तथा निजी निकायको अवलोकन गरेका थिए । आन्दोलनका क्रममा उनका निजी चार वटा घर र व्यवसाय प्रतिष्ठानमा क्षति पुगेपछि केही समय आन्तरिक व्यवस्थापनमा समय दिएका मुख्यमन्त्री बानियाँ मंगलबारदेखि…
Read More
एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध ः प्रधानमन्त्री कार्की

एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध ः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको बताईन् ।  उनले भनिन, ‘सूचना प्रविधिमा भएको विकास, अन्तराष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्रि शासन प्रणाली खुला सरकारको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु हामी सबै पुस्ताका साझा अपेक्षा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.