समाचार

कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् । मंगलबार ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् । उनले भने, ‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो । नौ…
Read More
गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या ः मन्त्री साह काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरुमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको  वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभइ  सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए । उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए । उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरु पास हुन बाँकी रहेकाले चाँडै समस्याहरुको समाधान हुने औंल्याए ।
Read More
मन्त्री पाण्डेले गरे पशुपतिनाथको अनुगमन, दर्शनलाई व्यवस्थित बनाउन निर्देशन

मन्त्री पाण्डेले गरे पशुपतिनाथको अनुगमन, दर्शनलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौं । साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन् । धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने साउन महिनाको सोमबार विशेषगरी शिवभक्तहरूका लागि विशेष दिन मानिन्छ, र पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । उनले दर्शनार्थीसँग समेत कुराकानी गरे । दर्शनार्थीहरुले पनि छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएकोप्रति मन्त्री पाण्डेको प्रशंसा गरे । ‘यसपालिको साउनमा पहिलेभन्दा राम्रो व्यवस्था गरिएको…
Read More
युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

धनुषा । धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका  ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन् । पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ । गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एस पी एण्ड गेस्ट हाउसको कोठा नं. १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए । सोही…
Read More
ट्रकमा करेन्ट लागेर एक मजदुरको मृत्यु रौतहट । सर्लाही नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको बृन्दाबन नगरपालिका–७, बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर दुईजना अचेत भएका छन । ट्रकमै करेन्ट प्रवाह भएर ट्रकमा कार्यरत मजदुर बृन्दाबन नगरपालिका–७, रौतहटकै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान उनले जानकारी दिए । रौतहटबाट न्यू माँ राजदेवी खाद्य उद्योग नवलपुरमा धानको भुस लिन आएको ना. ६ ख ७५५०…
Read More
बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन् । बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सो जानकारी दिएका हुन् ।
Read More
विदेशीहरुले समेत नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् ः मन्त्री पाण्डे काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल अब केवल भौगोलिक सीमाभित्र मात्र सीमित नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छैन । नेपालको परिचय विश्वभरी फैलिँदै गएको छ । नेपालीहरु संसारभरी रहेका छन् । त्यसकारण पनि नेपाल विश्वभरी फैलिएको छ । नेपालप्रति मानिसहरुको चासो पनि बढेको छ, यसकारण पनि नेपाल फैलिएको छ ।’ उनले विदेशमा नेपाली सम्पदा, मूर्तिहरू र अभिलेखप्रति विदेशीहरूमा…
Read More
कल्याणपुरका मेयर साह १ लाख घुससहित रंगेहात पक्राउ सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ परेका छन् । मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । अहिले टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रहेको र मुचुल्कालगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन माग गरेका थिए । तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि…
Read More
 ‘भ्रष्टाचारमा गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाहि हुन्छः सञ्चारमन्त्री गुरुङ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भएमा जो सुकैलाई पनि कारबाहि हुने बताएका छन् । गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको उनले जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आएको बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बताए । तथ्य र सत्यमा आधारित भएर सरकार अघि…
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा : ४९ करोड ५९ लाख बजेट स्वीकृत काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव ५ मात्रै भएको बैठकलाई अवगत गराइयो । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय ९प्रतिष्ठान० हरुले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.