नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत  प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए ।

उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको बताउँदै गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको बताए ।

उनले लेखेका छन्,‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।’

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.