समाचार

आलुबखडा र चेरीका फूलहरूले ढकमक्क

आलुबखडा र चेरीका फूलहरूले ढकमक्क

आलुबखडा र चेरीका फूलहरूले ढकमक्क एजेन्सी । चीनका विभिन्न प्रान्तका रमणीय स्थानहरूमा वसन्त ऋतुको आगमनले प्राकृतिक दृश्यहरु निकै रोमान्चक देखिएका छन् ।आलुबखडा र चेरीका फूलहरूका दृश्यहरूले चमक ल्याएको छ । पूर्वी चिनियाँ शहर हाङझाउको सिक्सी राष्ट्रिय सिमसार पार्कको करिब २० हेक्टर क्षेत्रफलमा आलुबखडाका रूखहरू ढकमक्क फुलेका छन् । जसका कारण पर्यटकहरु आकर्षित भएका छन् ।सिक्सी राष्ट्रिय सिमसार निकुञ्जका कर्मचारीहरुका अनुसार निकुञ्ज क्षेत्रमा आलुबखडा हेर्ने मौसम भएकाले पर्यटकहरु बढिरहेका छन् । फूल फुल्ने अवधि मार्चको अन्त्यसम्म रहनेछ ।उता, दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको डानलिन टाउनमा, लगभग ४० हेक्टर क्षेत्रफलमा चेरीका रूखहरू फूलेका छन् । जसले हावालाई मीठो सुगन्धले भरिदिएको छ ।दक्षिणपश्चिम चीनको…
Read More
अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन

अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन

अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन काठमाडौं । राष्ट्रिय क्रन्तिकारी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा शान्तीपूर्ण प्रदर्शन गरेको छ । उनीहरुले अमेरिकाले चालेका कदमहरुको विरुद्ध प्रदर्शन गरेका हुन् । मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौ स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔ !’ भन्ने मुल नाराका साथ प्रदर्शन गरेका हुन् । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरु मिलेर बनेको हो ।
Read More
बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ

बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ

बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ राहुल राय ÷सिरहासिरहा । सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुदाशाखाका प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो ।पीडित महिलाले यादवविरुद्ध विहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।उनका अनुसार, इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन गएका थिए, तर जाहेरी दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराउनु परेको थियो।पीडित महिलाले यस विषयमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतिसमक्ष समेत गुहार मागेकी थिइन्। तर, जाहेरी दिन खोज्दा प्रहरी जवानकै कारण अवरोध…
Read More
रेडपाण्डा पदमार्ग ः जहाँबाट देखिन्छ ६० बढी हिमाल

रेडपाण्डा पदमार्ग ः जहाँबाट देखिन्छ ६० बढी हिमाल

रेडपाण्डा पदमार्ग ः जहाँबाट देखिन्छ ६० बढी हिमालसुजन तिमल्सिना इलाम । कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रुपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरु पनि छन् । default default दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदेखि पश्चिममा थाक्लेभञ्ज्याङ्गसम्म गाउँपालिका फैलिएकाले यहाँका हरेक स्थानहरु घुम्न लायक छन् । १५६.०१ वर्ग किमी क्षेत्रफल ओगटेको गाउँपालिका जनसंख्याको आधारमा १३३ औं र क्षेत्रफलको आधारमा चारसय ७७ औं सानो स्थानीय तह हो । इलामका चार नगरपालिका र ६ गाउँपालिका मध्ये सन्दकपुरमा तुलनात्मक रुपमा घुम्न लायक स्थानहरु बढी छन् । default सन्दकपुर उक्लिएपछि प्राकृतिक…
Read More
२ किलो ५०० ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

२ किलो ५०० ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

२ किलो ५०० ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ अफिम सहित युवकलाई पक्राउ गरेको हो । जिल्ला धादिङ गजुरी नगरपालिका –४ बस्ने बर्ष २६ को राजन चेपाङलाई पक्राउ गरिएको प्रहरी चौकी पथलैयाका प्र.स.नि.अमृत मैनालीले जानकारी दिए । उनका अनुसार धादिङबाट वीरगंज तर्फ जादै गरेको  प्र ०३–०३–००१ प ५२७३  नम्बरको  मोटरसाईकल शंकास्पद लागि रोकी चेकजाँच गर्दा अफिम फेला परेको हो । मोटरसाईकलमा लुकाई छिपाई कालो झोलामा ३ वटा गोला बनाएर राखिएको अवस्थामा बरामद…
Read More
सामाजिक सुरक्षा भत्ता नपाएपछि लाभग्राही निराश

सामाजिक सुरक्षा भत्ता नपाएपछि लाभग्राही निराश

सामाजिक सुरक्षा भत्ता नपाएपछि लाभग्राही निराश रौतहट । रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् ।  बिगत चार  महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् । एनआइसी एसीया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट बञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी बताए । उनका अनुसार  करीब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भत्ता पाउन बाट बञ्चित छन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैंकको खातामा सामाजिक सुरक्षा वापतको रकम पठाए पनि हालसम्म पाउन नसकेको वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारुले बताए । सो नगरपालिका वडा…
Read More
वडाध्यक्षको कार्यकक्षबाटै सबै सेवा प्रदायकको निगरानी

वडाध्यक्षको कार्यकक्षबाटै सबै सेवा प्रदायकको निगरानी

वडाध्यक्षको कार्यकक्षबाटै सबै सेवा प्रदायकको निगरानी रामेछाप । मन्थली नगरपालिका २ नं वडा कार्यालयले प्रविधिको प्रयोग गर्दै एकै ठाउँबाट वडाका सबै सेवा प्रदायकको निगरानी गर्न सुरु गरेको छ ।सो वडाका सेवा प्रदायक सबै कार्यालयको वडा कार्यालयबाट नै निगरानी गर्न मिल्ने बनाइएको छ । वडाध्यक्ष सुरेन्द्र कार्कीको कार्यकक्षमा राखिएको मनिटरबाट वडाका सेवा प्रदायक कार्यालयहरूको निगरानी गर्न सकिन्छ ।वडा सचिव राजेन्द्र श्रेष्ठका अनुसार वडाका ४ वटा विद्यालय, स्वास्थ्य चौकी, पशु सेवा कार्यालय, सार्वजनिक स्थल र वडा कार्यालयका सबै गतिविधिको सो मनिटरबाट निगरानी राख्न मिल्छ । ‘वडाका ८ वटा पोइन्टमा सिसी क्यामरा जडान गरिएको छ, वडाध्यक्षको कार्यकक्षमा बसेर सबै निगरानी राख्न मिल्छ’, श्रेष्ठले…
Read More
नयाँ भूकम्प होइन, पराकम्प हो ः डा.अधिकारी

नयाँ भूकम्प होइन, पराकम्प हो ः डा.अधिकारी

नयाँ भूकम्प होइन, पराकम्प हो ः डा.अधिकारी काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्प पुरानै भूकम्पको पराकम्प भएको बताएका छन् ।नेपाल न्यूज बैंकसँग उनले २०७२ वैशाख १२ गते गोरखामा केन्द्रविन्दु भएको गएको भूकम्पको पराकम्प भएको जानकारी दिएका हुन् ।उनले भने,‘यो कुनै नयाँ किसिमको भूकम्प होइन् । यो २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पको परकम्प हो ।त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले अहिलेसम्म कुनै जटिल किसिमको भौतिक र मानवीय क्षति नभएको जानकारी दिए ।उनले दुगुनागडीमा सामान्य पहिरो गएको र…
Read More
मुगुको डाँफे होटेलमा आगलागी, करोडौंको क्षती

मुगुको डाँफे होटेलमा आगलागी, करोडौंको क्षती

मुगु । बुधबार राती १२ बजे मुगु स्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ । उक्त होटेलमा आगलागी हुँदा करोडौंको क्षती भएको जिल्ला प्रहरी कार्यालय,मुगुले जनाएको छ । आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना,निकुन्ज रक्षक, कर्मचारी ,नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएको थियो । राति १२ बजे नेपाल प्रहरी हवल्दार विक्रम बहादुर विष्टलाई नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दिपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोलि रारा पुगेको थियो । हवल्दार…
Read More
संविधानसभा सदस्य विदुर सापकोटाको निधन

संविधानसभा सदस्य विदुर सापकोटाको निधन

संविधानसभा सदस्य विदुर सापकोटाको निधन काठमाडौं ।  संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए ।  यसैगरी केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.