राप्रपालाई काठमाडौँ महानगरको एक लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा निकालिएको र्‍यालीका क्रममा सार्वजनिक स्थानमा फोहोर फैलिएको भन्दै महानगरले उक्त जरिवाना लगाएको हो।

नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरद्वारा जारी सूचनाका अनुसार एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानमा फोहोरमैला फालिएको, सडकपेटी तथा रेलिङ्गमा भौतिक क्षति पुर्‍याइएको भन्दै कारबाही गरिएको हो। फोहोरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, र आर्थिक ऐन, २०८१ का प्रावधानअनुसार राप्रपालाई जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले सार्वजनिक स्थलमा फोहोर गर्ने वा सम्पत्ति नोक्सान गर्ने जोसुकैलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.