समाचार

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका वडा न ४ को लतमरीबाट सशस्त्र प्रहरीले आईतबार राति पक्राउ गरेको हो । भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्वर ९ का २६ बर्षिय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईंले बताए । उनका अनुसार पक्राउ परेका ब्यक्तीको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान, ७.६७ मि.मि ४ राउण्ड गोली बरामद भएको छ । घटनास्थालबाट  विआर ०५ बीडी १२२४ नम्वरको  मोटरसाइकल बरामद गरिएको उनले जानकारी दिए ।…
Read More
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो । यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली…
Read More
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

रुपन्देही । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्न पाउने छन् । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्थाका लागि तयार विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। सचिवालयका अनुसार छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर पनि मन्त्री कार्कीले दिने कार्यसूची रहेको छ।
Read More
सामूदायिक कुकुरहरुको बन्ध्याकरणको तयारीमा छौं: प्रमुख महर्जन

सामूदायिक कुकुरहरुको बन्ध्याकरणको तयारीमा छौं: प्रमुख महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका सामूदायिक कुकुरहरुको व्यवस्थापनका लागि तयारी सुरु गरिएको बताएका छन् । महर्जनले यही वर्षबाट सामूदायिक कुकुर बन्ध्याकरणको लागि टेन्डर आह्वान गरिसकेको समेत जानकारी दिए । केनेल क्लब अफ नेपालले बाइरो प्रेसेन्त्स तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शोकोका अवसरमा उनले कुकुरहरुको व्यवस्थापन जरुरी रहेको बताएका हुन् । उनले भने, ‘ललितपुर महानगरपालिकाले सामुदायिक कुकुरहरुको बारेमा केही व्यवस्थापन गर्नुपर्छ भन्ने लागेको छ । यसमा अध्ययन गरायौं । त्यसबाट एउटा रिपोर्ट आएको छ । त्यो रिपोर्ट अनुसार ९ हजार ९ सय ४४ वटा सामुदायिक कुकुरहरु ललितपुर महानगरपालिकामा रहेछ । यसको व्यवस्थापन गर्न गार्हो पर्ने कुरा हो ।…
Read More
वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतमा हातपात गर्ने ब्यक्ति पक्राउ

वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतमा हातपात गर्ने ब्यक्ति पक्राउ

काठमाडौ। जिल्ला अदालत काठमाडौको दक्षिण गेट बाहिर बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी लाई गत माघ २ गते कुटपित गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, सडक पार गर्ने क्रममा अधिवक्ता त्रिपाठीलाई सडक खण्डमा ज्रेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भिडमा रहेका केही व्यक्तिहरुले हुल हुज्जत गरी आक्रमण गर्न खोजेकोमा उक्त समूहले निशाना बनाएको थियो। घटनास्थलमा तत्काल प्रहरी परिचालन गरिएको थियो र प्रहरीले अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो। घटनामा संलग्न रहेको आरोपमा दोलखा जिल्ला तामाकोशी गाँउपालिका वडा नं.०१ स्थायी वतन भई जिल्ला ललितपुर महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने ४८ वर्षीय ललित कुमार…
Read More
डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटे

डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेकों आरोप लागेका डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । कास्की जिल्ला अदालतका न्यायाधिश  शंकरबहादुर राईको इजलासले विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मुद्दामा दिएको आदेश बमोजिम डा.  भुसालले अदालतमा ५० हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन् ।  डा. भुसालले अदालतको आदेश बमोजिम धरौटी बुझाए पनि प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएको र उनको स्वास्थ्य परिक्षण गर्न नजिकैको फिष्टेल अस्पतालमा लगिएको जनाएको छ । उनको स्वास्थ्य परिक्षण गरेपछि उनीविरुद्ध प्रहरीमा अन्य मुद्दा नभएमा हिरासतमुक्त हुने बताइएको छ ।  जिल्ला प्रहरी कार्यलय कास्कीले…
Read More
सामाजिक अभियन्ता डा। निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा

सामाजिक अभियन्ता डा। निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा

पोखरा । सामाजिक अभियन्ता डा। निकोलस भुसाल ९कमल०लाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज फेरी आफ्नो नियन्त्रणमा लिएको छ । डा। निकोलस भुसाल ९कमल०लाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।विद्युतीय अपराधको मुद्दामा अनुसन्धान सकिएपछि आज जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा अदालतले आज आदेश दिन समय अभाव भएको भन्दै डा। निकोलसलाई न्यायिक हिरासतमा पठाएकाले प्रहरी नियन्त्रणमा लिएको एसपी ओलियाले बताए। डा। निकोलसलाई शुक्रबार फेरी अदालतमा पेश गरिने एसपी ओलियाले उल्लेख गरे ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा। निकोलस भुसाल ९कमल०लाई प्रहरीले विद्युतीय कारोबार ऐन…
Read More
ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ

ठुलो मात्रामा अबैध लागू औषधसहित पोखराबाट एक जना डिलर पक्राउ

पोखरा । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामा लागू औषधसहित पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ साढे छ बजेको समयमा ठुलो मात्रामा लागू औषधसहित माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर मा बस्ने २५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदीलाई पोखरा ८ आलुमाइलाचोकबाट पक्राउ गरेको हो ।आलुमाइलाचोकमा लागू औषधको कारोवार भैरहेको सुचना पाएको प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा ठुलो मात्रामा लागू औषधसहित सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।आलुमाइलाचोकमा…
Read More
एलजीविटीआइक्यू अधिकारकर्मी लामामाथि दुब्र्यवहार M ‘प्रहरी प्रशासनले नै अधिकार खोस्यो’

एलजीविटीआइक्यू अधिकारकर्मी लामामाथि दुब्र्यवहार M ‘प्रहरी प्रशासनले नै अधिकार खोस्यो’

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदाय(एलजीविटीआइक्यू)को अधिकारका लागि सक्रिय संस्था मायाको संसारकी अध्यक्ष सुनिता लामाले आफूमाथि प्रहरी र स्थानीय युवाहरुले दुव्र्यवहार गरेको बताएकी छिन् । चितवनको नारायणी पुलछेउमा आफूमाथि भौतिक आक्रमण समेत भएको र खुट्टामा चोट समेत लागेकाले उपचार गराइरहेको जानकारी दिइन् । ‘२०८१ साल पुष २५ गते राति २ः०० बजेदेखि ३ः०० बजेको समयमा फायर क्लब, चितवनबाट फर्कंदै थिएँ । सोहीबेला नारायणी पुल क्षेत्रको छेउमा एलजीबीटीआईक्यूएं समुदायका केही व्यक्तिहरूसँग चिया पिउँदै कुराकानी गरिरहेको थिएँ । यही क्रममा अप्रिलिया स्कुटरमा आएका दुईजना युवाहरूले मलाई र समुदायका व्यक्तिहरुलाई अपमानजनक शब्द प्रयोग गर्दै दुव्र्यवहार गरे । मैले उनीहरूलाई यस्तो शब्द प्रयोग नगर्न…
Read More
शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रुप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट पारे ।उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरुलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गाैला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए ।प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.