समाचार

एनआरएनए विवाद पेचिलो, एकताको महाधिवेशनमा जोड

एनआरएनए विवाद पेचिलो, एकताको महाधिवेशनमा जोड

एनआरएनए विवाद पेचिलो, एकताको महाधिवेशनमा जोड काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद समाधानका लागि एकताको महाधिवेशन हुनुपर्नेमा अभियन्ताहरुले जो दिएका छन् । एनआरएनएमा आरके शर्मा र डा.बद्री केसी दुई पक्षबिच विवाद भइरहेको छ । सर्वोच्चले पछिल्लो समय केसी पक्षलाई काम गर्न बाटो खुलेपछि शर्माले सर्वोच्चमा नयाँ रिट दर्ता गराएपछि विवाद थप पेचिलो बन्दै गएको छ । यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ । संघको वार्षिक साधारणसभा तथा एनआरएनए डेको विशेष समारोह काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गर्ने तयारी भएपछि शर्मा समूहले त्यसलाई रोक्न माग समेत गरेको छ । तर एनआरएनए का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताबद्धता र भविष्यका…
Read More
गुलामी व्यापारबाट प्रभावित देशहरूलाई क्षतिपूर्ति नतिर्ने बेलायती प्रधानमन्त्री स्टार्मरको चेतावनी

गुलामी व्यापारबाट प्रभावित देशहरूलाई क्षतिपूर्ति नतिर्ने बेलायती प्रधानमन्त्री स्टार्मरको चेतावनी

गुलामी व्यापारबाट प्रभावित देशहरूलाई क्षतिपूर्ति नतिर्ने बेलायती प्रधानमन्त्री स्टार्मरको चेतावनी काठमाडौं । बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले संयुक्त अधिराज्यले आफ्नो इतिहास परिवर्तन गर्न नसक्ने बताउँदै गुलामी व्यापारबाट प्रभावित देशहरूलाई क्षतिपूर्ति नतिर्ने बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले यो कुरा बताएका हुन्, जसमा राष्ट्रमण्डल सरकार प्रमुखहरूले गुलामी व्यापारमा यूकेको ऐतिहासिक भूमिकाका कारण क्षतिपूर्ति तिर्ने विषयमा महत्त्वपूर्ण छलफल गर्ने तयारी गरेको बताइएको छ । केयर अहिले समोआमा राष्ट्रमण्डल देशहरूको बैठकमा सहभागी भइरहेका छन् । उनले गुलामी व्यापारलाई घृणित भनेका छन् र इतिहासको बारेमा कुरा गर्नु महत्त्वपूर्ण रहेको बताए । तर, उनले आजको चुनौतीहरू जस्तै जलवायु परिवर्तनको सामना गर्ने र राष्ट्रमण्डल राष्ट्रहरूबीच व्यापार बढाउनेमा…
Read More
रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै

रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै

रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही वर्ष अगाडि, सन् २००८ अगस्टमा पाँच दिने युद्ध सुरु गर्दा जर्जियालीहरूले शत्रुताको सामना गरिसकेका थिए । गोरि शहरमा बम आक्रमण गरिएको थियो भने उत्तरतर्फको शिन्दिसीमा भएको भयानक युद्धले रेलवे स्टेशन ध्वस्त पारिएको थियो । यो युद्धको सम्झनासँगै, हाल जर्जियाको विपक्षी दलहरूले शनिबारको चुनावलाई रूस वा युरोप बीचको छनोटको रूपमा चित्रण गरेका छन् । उनीहरूको उद्देश्य १२ वर्षदेखि सत्तामा रहेको जर्जियन ड्रीम पार्टीलाई सत्ताबाट हटाउनु हो, जसलाई उनीहरूले रूसको प्रभावमा रहेको आरोप लगाएका छन्। विपक्षी गठबन्धनहरूले देशलाई युरोपियन संघको सदस्य बनाउने अडान लिएका छन् । ‘हामीले…
Read More
रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने

रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने

रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो । लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।  आज दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागिएको हो । पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो ।  सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई…
Read More
विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

xr:d:DAFbpsAE51M:2728,j:2010139329985838071,t:23110302 विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगहरूको लाइन काटेको छ । पछिल्लो पटक प्राधिकरणले २४ असोजमा उद्योगहरूलाई विद्युत् महसुल बुझाउनका लागि ८ कात्तिकसम्मको समयसीमा दिएको थियो । तर, उक्त समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो । यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए । तर, प्राधिकरणले गए राति उद्योगीहरूको लाइन काटिदिएको हो । विद्युत् महसुलसम्बन्धी विवादमा प्राधिकरण र उद्योगीबीच विवाद छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, जीबी टेक्साइल, घराना फुड, गोयन्का फुड, एसआर फुड, भलबारी स्वचालित चामल…
Read More
बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभाव ः कस्तो रहनेछ आजको मौसम ?

बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभाव ः कस्तो रहनेछ आजको मौसम ?

बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभाव ः कस्तो रहनेछ आजको मौसम ? काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । साथै कोसी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ’दाना’ को आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा  आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई…
Read More
विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर ऋण दिने

विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर ऋण दिने

विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर ऋण दिने काठमाडौं । विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र–डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा बिहीबार बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्रि डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ । उपप्रधानमन्त्री एवम्…
Read More
इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी

इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी

इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी काठमाडौं । इजरायली रक्षा मन्त्री योआव गालान्टले इरानमाथि हुने योजनाबद्ध हवाई आक्रमणले संसारलाई इजरायलको सैन्य शक्तिको  हैसियत देखाउने बताएका छन् । इजरायलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या गरेपछि इरानले अक्टोबर १ मा इजरायलमाथि गरेको मिसाइल आक्रमणको जवाफस्वरूप इजरायलले इरानमाथि कडा आक्रमणको तयारी गरेको छ । गालान्टले बुधबार हत्जरिम एयरबेसमा हवाई दलसँग भेटघाट गर्दै, इरानमाथि आक्रमणपछि इजरायल र अरूले इजरायली सेना कस्तो तयारीमा रहेको बुझेका हुने बताएका छन् । उनले एक्समा पनि सैनिकहरूको तयारी र प्रशिक्षणको बारेमा चर्चा गर्दै इजरायललाई नोक्सान पु¥याउने कुनै पनि शत्रुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।…
Read More
रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै पोखरा । सहकारीको ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गर्दैछ । पहिलो पटक थपिएको ६ दिनको म्याद बुधबारसम्म रहेकोमा बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो । कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको हो । रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ । लामिछानेलाई प्रहरीले कात्तिक २ गते…
Read More
विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल ¥याली

विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल ¥याली

विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामुलक साइकल ¥याली  काठमाडौं । विश्व पोलियो उन्मुलन दिवसको अवसरमा बिहीबार काठमाडौंमा सचेतनामुलक साइकल र्याली गरिएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले साइकल र्याली गरेको हो । बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल ¥याली सुरु गरिएको थियो रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ । ०००
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.