समाचार

चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य

चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य

चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । गए राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ५, मट्टीतेलमा दुई रुपैयाँ घटाइएको जनाएको छ । एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । ०००
Read More
कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको बताइएको छ । पार्टीको संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । दुवै बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । ०००
Read More
अपडेट ः बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

अपडेट ः बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

अपडेट ः बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता काठमाडौं । गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । विपद्मा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको समेत उनले जानकारी दिए । ०००
Read More
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । स्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे नै सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुनेछ । छलफलका लागि उद्योग, वाणिज्य तथा…
Read More
अवरुद्ध राजमार्ग र सडकहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने

अवरुद्ध राजमार्ग र सडकहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने

अवरुद्ध राजमार्ग र सडकहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने काठमाडौं । शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरु मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ । देशको राजधानी जोडने लाइफ लाइनका रुपमा रहको मुख्य राजमार्ग नागढुङ्गा–नौविसें–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात संचालनमा आएको मन्त्रालयले जनाएको छ । बीपी राजमार्गको वर्दिवासदेखि नेपालथोक सम्मको अवरोध हटाइ यातायात सुचारु भएपनि पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले नेपाल…
Read More
असोज १७ गतेदेखि ‘हिमालयन इन्टरनेशनल एक्सपो’ हुने

असोज १७ गतेदेखि ‘हिमालयन इन्टरनेशनल एक्सपो’ हुने

असोज १७ गतेदेखि ‘हिमालयन इन्टरनेशनल एक्सपो’ हुने काठमाडौं। नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्सपो’ आयोजना हुने भएको छ । यहि असोज १७ गतेदेखि १९ गतेसम्म  घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् । काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन लागेको एक्सपोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगयताका व्यापारिक कक्ष हुनेछन् । यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाका सामा, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हण्डमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका कार्पेट जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्सपोमा हुने अध्यक्ष कपिल अधिकारीले…
Read More
बर्दघाटमा पहिलो ट्रमा सेन्टरको मन्त्री पौडेलद्वारा शिलान्यास

बर्दघाटमा पहिलो ट्रमा सेन्टरको मन्त्री पौडेलद्वारा शिलान्यास

बर्दघाटमा पहिलो ट्रमा सेन्टरको मन्त्री पौडेलद्वारा शिलान्यास बर्दघाट । नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट २ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण शुरु भएको छ । सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरेका छन् । १२ करोड  ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको सेन्टर एक बिघा बढी क्षेत्रफलमा बन्नेछ । १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरुबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको बताए । क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरुसमेत विस्तार गर्ने…
Read More
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506 सुनचाँदीको मूल्य घट्यो काठमाडौं ।  साताको दोस्रो कारोवार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार भने १ सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला  १ लाख ६० हजार ५ सय रूपैयाँ पुगेको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १९ सय ४० मूल्यमा किनबेच भइरहेको छ ।
Read More
बढ्यो सबैजसो तरकारीको भाउ

बढ्यो सबैजसो तरकारीको भाउ

बढ्यो सबैजसो तरकारीको भाउ काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार काठमाडौंमा तरकारीको भाउमा उच्च बृद्धि भएको छ । अविरल बर्षाका कारण काठमाडौं जोड्ने अधिकांश सडकमा क्षति पुगेसँगै सवारी आवागमन हुन नसक्दा काठमाडौंमा तरकारी महँगिएको हो । आज सुकेको प्याजको भाउ प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । यसअघि भने ११८ रुपैयाँ ३३ पैसा तोकिएको थियो । लोकल गाजर १९० रुपैयाँबाट बढेर २२६ रुपैयाँ ६७ पैसा, तराई गाजर १९० रुपैयाँ, लोकल बन्दा १०५ रुपैयाँ, रातो आलु ८१ रुपैयाँ, सेतो मूला ३० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४२६ रुपैयाँ ६७ पैसा रहेको छ भने पार्सले प्रतिकेजी…
Read More
देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.