बालेन शाहको घरमा तोडफोड, चोरीको आशंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको काठमाडौंस्थित घरमा तोडफोड भएको छ। गएराति अज्ञात समूहले शाहको घरको गेटमा तोडफोड गरेको पाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीका अनुसार घरको मुख्य गेटमा रहेको ग्रील फुटाइएको अवस्थामा फेला परेको छ। घरमा हाल कोही नबस्ने भएकाले चोरीको आशंका गरिएको प्रहरीले जनाएको छ।

‘घरमा कोही नभएको र गेट फुटाइएको देखिएकाले चोरीको आशंका गरिएको हो। तर हालसम्म कुनै सामान हराएको भन्ने उजुरी आएको छैन,’ डिएसपी बुढाथोकीले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार रहेका बालेन शाह हाल चुनावी प्रचारप्रसारका क्रममा कर्णाली पुगेका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.