खेलकुद

एसिया कप : आज भारत र बंगलादेश भिड्ने

एसिया कप : आज भारत र बंगलादेश भिड्ने

काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्ने भएका छन् । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा बुधबार साँझ ८ः१५ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्ने भएका हुन् । आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ । सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ । पाकिस्तानले दुई खेल खेल्दा दुई अंक जोडेको छ । आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका…
Read More
एएफसी यु–२० महिला एसियन कपः नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

एएफसी यु–२० महिला एसियन कपः नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग भिड्दै छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो।
Read More
भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसिसी मेन्स यु–१६ प्रतियोगितामा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मंगलबार मलेसियाको सिलेगंर ट्रफ क्लबमा भुटानविरुद्ध नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले अझसम्म खेलेको तीनै खेलमा जित हासिल गरेको छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो । अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ । एसियाली क्रिकेट परिषद् (एसिसी) को…
Read More
एसियन कप छनोटमा नेपालको विजयी सुरुवात

एसियन कप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् । नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे । जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ । साथै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् ।
Read More
गोदावरी मेयर कप: महालक्ष्मीको सानदार जित, बाग्मती बाहिरियो; बिहीबार ३ महत्वपूर्ण खेल हुँदै

गोदावरी मेयर कप: महालक्ष्मीको सानदार जित, बाग्मती बाहिरियो; बिहीबार ३ महत्वपूर्ण खेल हुँदै

ललितपुर – महालक्ष्मी नगरपालिकाले उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबलमा सानदार जित दर्ता गर्दै सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ। बुधबार च्यासल मैदानमा भएको खेलमा महालक्ष्मीले बाग्मती गाउँपालिकालाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो। यो हारसँगै बाग्मती प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। महालक्ष्मीको जितमा सिद्धान्त अधिकारीले दुई गोल गर्दा रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले एक–एक गोल थपे। बाग्मतीका लागि दिलिप घलानले सान्त्वना गोल फर्काए। पहिलो खेलमा पराजित महालक्ष्मीले यो जितसँगै ३ अंक जोडेको छ। समूह ‘ए’ मा गोदावरी, ललितपुर महानगर र महालक्ष्मीको समान ३–३ अंक छ। बिहीबार हुने खेलहरु: प्रतियोगिता अन्तर्गत बिहीबार, मे ८, २०२५ मा गोदावरी…
Read More
आईपीएलमा मुम्बईको लगातार दोस्रो जित

आईपीएलमा मुम्बईको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ४ विकेटले हराएको हो । सुरुमा ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्य दिएको थियो । मुम्बईले ११ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । मुम्बईका लागि रेन रिकेल्टनले ३१, रोहित शर्माले २६, विल ज्याक्सले ३६ तथा सूर्य कुमार यादवले २६ रन जोडे । तिलक बर्मा २१ रनमा अविजित रहे । मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१…
Read More
म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार लियोनलाई ५–४ ले हराएपछि समग्रमा ७–६ को अग्रतासहित युनाइटेड अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा २–२ को बराबरी भएको थियो । ओल्ड ट्राफोर्डमा निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि थप समय ५ गोल भएको थियो । निर्धारित समयमा २–० को अग्रता जोगाउन नसकेको युनाइटेड थप समयमा २ गोलले पछि परेको थियो । त्यसमा पनि पुनरागमन गर्दै युनाइटेडले अविश्वसनीय जित दर्ता गर्यो । ह्यारी म्याग्वायरले कासेमिरोको क्रसमा हेड गर्दै अन्तिम मिनेटमा निर्णायक गोल गरे । त्यस अघि म्यानुएल उगार्टे, डिएगो डालोट, ब्रुनो फर्नान्डेज र कोबी मैनूले…
Read More
आईपीएलमा कोलकाताको शानदार जित, राजस्थानलाई ८ विकेटले पराजित

आईपीएलमा कोलकाताको शानदार जित, राजस्थानलाई ८ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गर्दै शानदार जित निकालेको छ। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग सात विकेटले पराजित भएको कोलकाताले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै राजस्थानलाई हराएको हो। कोलकाताको जितका नायक ओपनर क्विन्टन डि कक रहे। उनले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट रहँदै टिमलाई जित दिलाए। ६१ बल खेलेका डि ककले ६ छक्का र ८ चौकाको मद्दतमा ९७ रन बनाएका थिए। उनी मात्र ३ रनले व्यक्तिगत शतक बनाउन चुके। यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थानले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा सनराइजर्स हैदरावादसँग ४४…
Read More
ट्राइबे्रकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

ट्राइबे्रकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

ट्राइबे्रकरमा एपीएफलाई हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा काठमाडौं । ट्राइबे्रकरमा एपीएफ क्लबलाई पराजित गर्दै संकटा क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको ट्राइब्रेकरमा एपीएफलाई ५–३ ले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए । अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । आजको दोस्रो खेल मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच प्रतिष्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।…
Read More
इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टरलाई हरायो

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टरलाई हरायो

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिवार  भएको  खेलमा आर्सनलले लेस्टरलाई २–० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे । मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ । शनिवारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३–० को हार बेहोरेको हो । म्यानचेस्टर सिटीले न्युक्यासललाई ४–० ले हरायो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.