सन्दिप लामिछानेलाई क्यान भिसा प्रक्रियामा असहयोग गरेको नेकोस राष्ट्रिय क्रिकेट संघको आरोप
काठमाडौं । राष्ट्रिय खेलकूद महासंघअन्तर्गत नेकोस राष्ट्रिय क्रिकेट संघले सन्दिप लामिछानेलाई आईसीसी विश्वकप खेल्न जानबाट रोक्न अमेरिका जाने भिसा प्रक्रियाका लागि असहयोग गरेको आरोप लगाएको छ । संघका केन्द्रीय संयोजक चेतनाथ आचार्यले विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसहित पदाधिकारीले लामिछानेलाई अमेरिका जाने भिसा प्रक्रियामा असहयोग गरेको र बरू क्यान अध्यक्ष नै खेलाडी र स्टाफको कोटामा श्रीमतीलाई लिएर अमेरिका हिडेको आरोप लगाएका छन् । ‘सन्दिप लामिछानेलाई अमेरिका जाने प्रक्रियामा भिसा समस्या उत्पन्न भएको छ । लामिछानेको भिसा प्रक्रियामा नेपाली क्रिकेट संघका अध्यक्ष लगायत केही पदाधिकारीहरुले पहल गरे जस्तो देखिने, तर कुनै ठोस तरिकाले प्रक्रिया नबढाएको देखिन्छ, त्यसकारण कतै…
