राजनिति

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो।रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकको मुख्य कार्यसूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै, बैठकमा विविध समसामयिक विषयहरूमा पनि छलफल हुने झाले जनाएका छन् । रास्वपाले आगामी निर्वाचनको तयारी, रणनीति र संगठनात्मक विषयमा महत्त्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।
Read More
ललितपुरमा एमालेले दुई क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, एक ओलीको हातमा

ललितपुरमा एमालेले दुई क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, एक ओलीको हातमा

ललितपुर । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ भने एक क्षेत्रमा उम्मेदवार छनोट गर्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकबाट ललितपुरका लागि चेतनाथ सञ्जेल र प्रेमबहादुर महर्जन उम्मेदवारका रूपमा सिफारिस भएका छन्। बाँकी एक निर्वाचन क्षेत्रमा भने पार्टी नेतृत्वले रणनीतिक निर्णय गर्दै अध्यक्ष ओलीलाई अन्तिम निर्णयको जिम्मा दिएको हो।पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाइसकिएको छ भने केही क्षेत्रमा मात्र निर्णय बाँकी छ। एमालेले उम्मेदवार टुङ्ग्याउने क्रमसँगै संगठन परिचालन र चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको जनाएको छ।आउँदो फागुन…
Read More
निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालत जान्छौं : प्रवक्ता डा. महत

निर्वाचन आयोगको निर्णय मान्य छैन्, सर्वोच्च अदालत जान्छौं : प्रवक्ता डा. महत

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले निर्वाचन आयोगले माघ २ गते (हिजो) गरेको निर्णय संविधान, प्रचलित कानून र पार्टी विधानविपरीत रहेको दाबी गरेका छन् । शनिवार सानेपामा बसेको देउवा पक्षको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता महतले निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको भन्दै न्यायका लागि सर्वोच्च अदालत जाने बताए । उनले भने, ‘निर्वाचन आयोगले २०८२ माग २ गते गरेको निर्णय नेपालको संविधान प्रचलित कानून, नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको ठहर गरिएको छ । कथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटिरुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित भएको…
Read More
विशेष महाधिवेशन कुनै विवादको विषय थिएन : सभापति थापा

विशेष महाधिवेशन कुनै विवादको विषय थिएन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन् । सभापति थापाले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ । यसप्रति हामी आभारी छौ ।’ विज्ञप्तिमा नेपाली कांग्रेस कुनै एक नेताको चाहनाले नभई आम सदस्यको चाहनाले…
Read More
डा. तोसिमा कार्की ललितपुर–३ बाटै उम्मेदवार, रास्वपामै सक्रिय रहने घोषणा

डा. तोसिमा कार्की ललितपुर–३ बाटै उम्मेदवार, रास्वपामै सक्रिय रहने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी छोड्न लागेको भन्ने सामाजिक सञ्जालमा फैलिएका हल्लाहरूलाई खण्डन गर्दै आफू रास्वपामै रहने स्पष्ट पारेकी छन्। उनले ती अफवाह झुटा, कपोकल्पित र भ्रम सिर्जना गर्ने खालका रहेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै डा. कार्कीले रास्वपालाई वैकल्पिक मात्र नभई मूलधारको मध्यमार्गी नेतृत्व गर्ने बहुमतसहितको बृहत् पार्टी बनाउने लक्ष्यसहित सुरुदेखि नै आफू सक्रिय रहेको उल्लेख गरेकी छन्। संगठन विस्तारका क्रममा आफू देशका ६० जिल्ला पुगेको र विदेशमा समेत प्रवास विभाग गठनमा भूमिका खेलेको उनको भनाइ छ। ‘मैले दुःख गरेको, राजनीति सुरु गरेको र सपना देखेको पार्टी रास्वपा हो। त्यसैले…
Read More
पार्टी विभाजनतर्फ जानु कसैको हितमा छैन : प्रवक्ता डा. महत

पार्टी विभाजनतर्फ जानु कसैको हितमा छैन : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी विभाजन र विग्रहतर्फ जानु नेपाली काँग्रेस, नेपाली जनता र देशकै हितमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पार्टी नेतृत्व लामो समयदेखि लचकता देखाउँदै एकताका लागि निरन्तर प्रयासरत रहेको बताए ।उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र नियमित अधिवेशन गर्ने निर्णय हुँदाहुँदै पनि विशेष अधिवेशन आयोजना भएपछि पार्टीभित्र समझदारी कायम गर्न नेतृत्व तहबाट निरन्तर संवाद र छलफल भइरहेको छ। ‘आम निर्वाचनको मुखमा पार्टी एक भएर जानुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। निर्वाचनपछि नियमित अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने विषयमा कुनै दुविधा छैन,’ उनले…
Read More
कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो। विशेष महाधिवेशन प्रचार–प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षबाट अन्तिम वार्ताको प्रयास भइरहेको जानकारी आए पनि त्यसलाई मध्यनजर गर्दै महाधिवेशनको कार्यक्रम अगाडि बढाइएको बताए।उनले भने, ‘निर्वाचनको तालिका यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने जानकारी आएको छ, त्यसलाई हामी सम्मान गर्छौं। तर सहमति नभए हाम्रो कार्यक्रमअनुसार प्रक्रिया अगाडि बढ्छ।’ पोखरेलले मंगलबार बेलुकी विशेष महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि सहमति नजुटे निर्वाचनमार्फत नै…
Read More
कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने

कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच वार्ता समिति गठन गरिएको छ । विशेष महाधिवेशनलाई लिएर दुवै पक्षका प्रतिनिधिहरूबीच छलफल गर्न वार्ता समिति गठन गरिएको हो । पार्टीभित्र देखिएको आन्तरिक विवादलाई सहमतिमार्फत टुंग्याउने उद्देश्यसहित विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्ष तथा संस्थापन समूहले आ–आफ्नो तर्फबाट वार्ता समिति गठन गरेका छन् । विशेष महाधिवेशन पक्षधर वार्ता समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, साथै नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् ।त्यसैगरी संस्थापन समूह तथा डा। शेखर कोइराला पक्षको तर्फबाट पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेता…
Read More
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा

नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज हुने भएको छ । पार्टी निर्णय अनुसार कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार दिउँसो १ः३० बजे सपथ ग्रहण सुरु हुनेछ । पार्टीले केन्द्रीय सदस्यहरूको औपचारिक सपथ ग्रहणमार्फत संगठनात्मक जिम्मेवारीलाई थप सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ ।उक्त कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको उपस्थिति रहने बताइएको छ ।
Read More
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा उम्मेदवार सिफारिस तीव्र

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा उम्मेदवार सिफारिस तीव्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ ।पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन् । सिफारिसको क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन् ।एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । जसमा केपी शर्मा ओली – झापा–५, विष्णु पौडेल – रुपन्देही–२, शंकर पोखरेल – दाङ–२, लेखराज भट्ट – कैलाली–४, महेश बस्नेत – भक्तपुर–२,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.