आज प्रतिनिधिसभा उम्मेदवारको मनोनयन, दलहरूलाई समय तोकियो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ।

माघ ६ गते अर्थात मंगलबार दिनको १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै समय तोकेको छ।

तोकिएको समयअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अपराह्न १ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले अपराह्न २ बजे, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अपराह्न २ः३० बजे, नेपाल कम्युनिस्ट पार्टीले अपराह्न ३ बजे र नेपाली काँग्रेसले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्नेछन्।

उम्मेदवारी दर्ताका क्रममा आवश्यक पर्ने कागजातबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधिलाई मनोनयन पत्रसहित प्रस्तुत गर्नुपर्ने सम्पूर्ण विवरण उपलब्ध गराउने र सोबारे जानकारी गराउने निर्णय गरिएको छ।

बैठकले निर्वाचन आयोगबाट जारी निर्देशन, निर्देशिका, परिपत्र, निर्वाचन आचारसंहिता तथा प्रचलित ऐन–कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यस्तै, आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.