समाचार

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ।आयोगका अनुसार तीन प्रतिशत पार गर्ने ६ दलले सिट संख्या प्राप्त गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेको आयोगले जनाएको छ ।आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा…
Read More
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गरेका छन् ।सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उहाँको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।यसै अवसरमा नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग…
Read More
दीपक मनाङे डिल्लीबजार कारागारबाट रिहा

दीपक मनाङे डिल्लीबजार कारागारबाट रिहा

काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) बुधबार डिल्लीबजार कारागार बाट रिहा भएका छन्। ज्यान मार्ने प्रयास सम्बन्धी मुद्दामा दोषी ठहर भएका मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाइएको थियो। तर जिल्ला अदालत काठमाडौंले २० प्रतिशत कैद छुटको सुविधा दिएको कारण उनले करिब चार वर्ष कैद भुक्तान गरेपछि बुधबार रिहा भएका हुन्। उक्त मुद्दामा न्यायाधीश कमलप्रसाद पोखरेल को इजलासले उनलाई कैद छुट सुविधा दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा उनी कारागारमुक्त भएका हुन्। यसअघि सर्वोच्च अदालत को संवैधानिक इजलासले मनाङे सांसद हुन अयोग्य ठहर गर्दै पदमुक्त गर्ने फैसला सुनाएको थियो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना…
Read More
इन्द्रायणी घाटमा नेपालभाषा टाइम्सका पूर्वसम्पादक मानन्धरको अन्तेष्टि

इन्द्रायणी घाटमा नेपालभाषा टाइम्सका पूर्वसम्पादक मानन्धरको अन्तेष्टि

काठमाडौै । भाषा आयोगका सदस्य एवंं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको पार्थिक शरिरलाई इन्द्रायणी (लुती) घाटमा अन्तेष्टि गरिएको छ । ५९ वर्षीय मानन्धरको हृदयाघातका कारण मृत्यु भएको थियो । नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गरेका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गरेका थिए । सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहेका मानन्धरले अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर पनि काम गरेका थिए । २०४६ सालको जनआन्दोलनको समयमा वीर अस्पतालमा भर्ना भएका गणेशमान सिंहसँग लिएको अन्तर्वार्ताले चर्चित मानन्धर भएका थिए । नेपाल भाषा आन्दोलन, नेपाल सम्बत् आन्दोलन तथा…
Read More
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधारणतया बादल लाग्नेछ । देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र…
Read More
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौं महानगरले विशेष कार्यक्रम गर्दै

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौं महानगरले विशेष कार्यक्रम गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।‘राइट, जस्टिस्, याक्सन : फर अल ओम्यान एण्ड ग्रल’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ राष्ट्रिय नारासहित फागुन २४ गते कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार ‘पावर इन याक्सन ः हर टाइम इज नाउ’ शीर्षकमा आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रको नेतृत्वमा रहेका महिलाहरूले आफ्नो नेतृत्व यात्राका अनुभव, संघर्ष, सिकाइ र भोगाइ साझा गर्नेछन् । एक महिलाले भोगेका अनुभव अर्को महिलाका लागि प्रेरणा र सिकाइ बन्न सक्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।…
Read More
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली (High Pressure Ridge) र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका रहेको छ ।हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी भूभागमा मौसम मूख्यतया सफा रहको छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा…
Read More
बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा : रोशी खोलाको अस्थायी कच्ची सडकले बढायो दुर्घटनाको जोखिमरामेछाप ।

बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा : रोशी खोलाको अस्थायी कच्ची सडकले बढायो दुर्घटनाको जोखिमरामेछाप ।

बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा : रोशी खोलाको अस्थायी कच्ची सडकले बढायो दुर्घटनाको जोखिमरामेछाप । बिपी राजमार्गमा जोखिमपूर्ण यात्रा : रोशी खोलाको अस्थायी कच्ची सडकले बढायो दुर्घटनाको जोखिमरामेछाप । बीपी मार्ग अन्तर्गत पर्ने रोशी खोलाको खण्ड अहिले अत्यन्तै जोखिमपूर्ण बनेको छ ।गत वर्ष र यस वर्षको वर्षायाममा आएको भीषण बाढीले रोशी खोलाको आसपासको सडक संरचना पूर्ण रूपमा क्षतविक्षत बनाएपछि हाल उक्त क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको छ ।तर स्थायी संरचना निर्माण नसकिँदासम्म अस्थायी कच्ची सडकबाट सवारी सञ्चालन गरिँदा यात्रुहरूले ठूलो जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।बाढीले सडक बगाएको तथा कटान गरेको क्षेत्रमा निर्माण व्यवसायीमार्फत सडक निर्माणको काम जारी रहेको छ…
Read More
धादिङ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

धादिङ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।
Read More
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार ०७ सालको क्रान्ति हो : प्रधानमन्त्री कार्की

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार ०७ सालको क्रान्ति हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले नागरिकलाई रैतीबाट नागरिक बनाएको महान् दिनको रूपमा मूल्याङ्कन गर्दै, आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार पनि यही क्रान्तिमा रहेको उल्लेख गरेकी हुन् । ‘२००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र थिएन । त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो । त्यही सालको फागुन ७ गते हामीलाई रैतीबाट नागरिक बनाउने एउटा महान् दिन थियो । आजको संघीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.