समाचार

आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेनुको साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।जसकारण अहिले देशका पहाडी भूभाग साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ…
Read More
आजको प्रतिनिधिसभा बैठकमा सात विधेयक र दुई प्रतिवेदन पेस हुँदै

आजको प्रतिनिधिसभा बैठकमा सात विधेयक र दुई प्रतिवेदन पेस हुँदै

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक– २०८०’ र ‘भन्सार विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ । यसैगरी ‘विनियोजन विधेयक– २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक– २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक– २०८२’ प्रस्तुत गर्ने छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक– २०८२’ प्रस्तुत गर्ने…
Read More
कांग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक

कांग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक

काठमाडौं । अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ । अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले बिहीबार २१८–२१४ को मतले विधेयक पारित गरेको हो । यसअघि माथिल्लो सदन सिनेटले मंगलबार एक मतको अन्तरले यो विधेयक अनुमोदन गरेको थियो । ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई ४ जुलाईसम्म अन्तिम संशोधित विधेयकमा हस्ताक्षरका लागि पठाउन समयसीमा दिएका थिए । यो विधेयकले आगामी १० वर्षमा संघीय घाटामा ३.३ ट्रिलियन डलर थप्न सक्ने र लाखौँ मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने संसदीय बजेट कार्यालयले प्रक्षेपण गरेको छ । तर, यसलाई ह्वाइट हाउसले अस्वीकार गरेको…
Read More
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा पुग्ने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो । यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले…
Read More
पोखरमा गणतन्त्र दिवस : सहिद पार्कमा माल्यार्पण

पोखरमा गणतन्त्र दिवस : सहिद पार्कमा माल्यार्पण

पोखरमा गणतन्त्र दिवस : सहिद पार्कमा माल्यार्पण पोखरा । गणतन्त्र दिवसको अवसर पारेर पोखरास्थित सहिदपार्कमा सहितहरुको सालिकमा माल्यार्पण गरिएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा  सहभागिहरुले सहिदपार्कमा बिहान ८ बजे भेला भई माल्यार्पण गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका उच्च पदस्थ अधिकारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधि, विद्यार्थी, र स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।समारोहमा गणतन्त्रको मूल्य, योगदान, र यसको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको विषयमा वक्ताहरूले जोड दिएका थिए।
Read More
राजावादीहरुले आजबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने

राजावादीहरुले आजबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने

राजावादीहरुले आजबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले गणतन्त्र दिवसका दिन दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् । राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । रत्नपार्क केन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने र आन्दोलनका सहभागीहरूलाई छातासहित उपस्थित हुन भनिएको बताईएको छ ।
Read More
गणतान्त्रिक सरकारलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क

गणतान्त्रिक सरकारलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क

गणतान्त्रिक सरकारलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क रस्मिता गिरी÷नेपाल न्यूज बैंक काठमाडौं । मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पु¥याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरेको गणतन्त्र स्मारक पार्क सुनसान छ । सरकारी वेवास्ताका कारण पार्क वेवारिसे अवस्था पुग्ने चिन्ता छ ।  काठमाडौं महानगरपालिकाको नागपोखरी नजिक ३५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा घुम्न जानेको संख्या दैनिक ५० जनापनि पुग्दैन् । थप लगानी गरेर पार्कलाई आकर्षक बनाउने, सुविधा थप गर्ने र प्रचार प्रसार व्यापक गर्ने सरकारको योजना पनि ओझेल परेको छ । सरकारी कार्यालय समयमा खुल्ने र बन्द हुने भएकाले पनि  स्मारकमा आवातजावत कम देखिन्छ । तर सरकारी…
Read More
विहीबारको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा

विहीबारको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा

विहीबारको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा काठमाडौं । काठमाडौमा जेठ १५ गते आज हुन लागेको प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । आज विहीबार काठमाडौंमा नेकपा एमाले र राजावादीहरुको आन्दोलनलाई केन्द्रित गरी लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो । काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । उनले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन् ।
Read More
आयोगमाथि आयोग थपियो, मिटरब्याजी पीडितले अझै न्याय पाएनन्’ — सांसद सुमना श्रेष्ठको आरोप

आयोगमाथि आयोग थपियो, मिटरब्याजी पीडितले अझै न्याय पाएनन्’ — सांसद सुमना श्रेष्ठको आरोप

काठमाडौं, नेपाल — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाएकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै श्रेष्ठले आयोग गठन मात्र गरेर न्याय दिने प्रक्रिया लम्ब्याइएको र पीडितको दुःख अझै बेवास्ता गरिएको बताइन्। “अघिल्लो आयोगलाई असहयोग गरियो, असफल बनाइयो,” उनले भनिन्, “अहिले कामचलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन हुँदैछ। यसरी आयोग थपेर मात्र पीडितलाई न्याय मिल्दैन।” श्रेष्ठले पीडितहरु सिंहदरबार प्रवेशमै रोकिएको भन्दै गुनासो गरिन् र राज्यको नीति नै पीडितलाई थिच्ने जस्तो देखिएको टिप्पणी गरिन्। उनले मिटरब्याज प्रकरणमा सरकारका उच्चपदस्थ व्यक्तिहरुको संलग्नतामाथि आशंका उत्पन्न हुनेगरी काम नगर्न चेतावनी दिइन्। “गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको…
Read More

डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

काठमाडौं, नेपाल — नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने, “डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको मध्यबाट नियुक्त गर्ने निर्णय भएको छ। एकदमै लामो प्रतिक्षामा रहेको विषयको आज टुङ्गो लागेको छ।” डा. पौडेल राष्ट्र बैंकको १८औं गभर्नर बन्न पुगेका हुन्। सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पेस गरेको थियो, जसमा डा. पौडेल पहिलो प्राथमिकतामा थिए। अन्य दुई सिफारिस भएका उम्मेदवारहरूमा निलम ढुंगाना दोस्रो र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.