बागमती प्रदेशका १० जिल्लामा जडान गरिएको सीसीटीभीको उद्घाटन, अपराध नियन्त्रण मजबुत हुने अपेक्षा

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले प्रदेशका १० जिल्लामा जडान गरिएको प्रविधियुक्त ‘सीसीटीभी निगरानी प्रणाली’को मंगलबार हेटौंडामा एक समारोहबीच उद्घाटन गरेका छन् ।

कुल २ करोड ८४ लाख ११ हजार ७३४ रुपैयाँ लागतमा जडान गरिएका १२० वटा सीसीटीभी क्यामेरा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् ।

उद्घाटन समारोहमा मन्त्री लामिछानेले प्रदेशमा अपराध नियन्त्रण र शान्ति सुरक्षाको प्रवद्र्धनमा यो प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सीसीटीभीले अपराध रोकथाममा उल्लेखनीय सहयोग गर्नेछ, उनले भने, यसले प्रहरीलाई निगरानीमा सजिलो हुने मात्रै होइन, सार्वजनिक सुरक्षामा पनि गुणात्मक सुधार ल्याउनेछ ।

बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा उक्त क्यामेरा जडान गरिएको हो। प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलका अनुसार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा यो योजना कार्यान्वयन गरिएको हो ।

प्रविधिमा आधारित सुरक्षा रणनीतिअनुसार सीसीटीभी प्रणाली ३८ वटा प्रहरी युनिटमार्फत नियमितरूपमा निगरानी गरिने व्यवस्था मिलाइएको छ । चितवनको नारायणगढ, सिन्धुलीको भिमान, मकवानपुरको रातमाटे जस्ता संवेदनशील क्षेत्रहरूमा अत्याधुनिक ‘बिएलएच क्यामेरा’ र ‘रडार प्रणाली’ समेत जडान गरिएको जानकारी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले दिए ।

उनका अनुसार जडान गरिएका क्यामेराले कम्तीमा ९० दिनसम्मको डिजिटल डेटा सुरक्षित राख्न सक्छन् । साथै, विद्युत् अवरोधका बेला पनि प्रणाली बन्द नहोस् भनेर युपिएस प्रणाली समेत जडान गरिएको छ । प्रणाली खरिदका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.