मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते

मोटरसाइकल र पिकअप ठोक्किदा सेनासहित पाँच घाइते

रौतहट । सर्लाहीमा मोटरसाइकल र पिकअप ठोक्किएर आगलागी हुँदा नेपाली सेनाका सिपाही सहित पाँचजना घाइते भएका छन् ।

ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिकै रेल्वे ट्रयाकमा बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्वरको पिकअप र बाँके–संग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार सोमबार बिहान दुर्घटना हुँदा भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही २३ वर्षीय चन्द्रदेव धामी, मध्य पश्चिम पृतना बुटवलमा कार्यरत सिपाही २२ वर्षीय प्रशेस चौधरी घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल सवार अर्का ब्यक्ती २१ वर्षीय अमित चौधरी र पिकअप चालक हरिवन नगरपालिका–३, डाबरी टोल बस्ने ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका–२, का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएको उनले जानकारी दिए ।

दुर्घटनाका घाइतेहरुको उपचार भै रहेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.