समाचार

“ऊर्जाशील जवानीमा राजनीति गरिनँ, अब किन गरूँ?” – राधिका शाक्य

“ऊर्जाशील जवानीमा राजनीति गरिनँ, अब किन गरूँ?” – राधिका शाक्य

निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन् काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् ।सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन् । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गरिन् ।उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरुका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन् । मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन ।…
Read More
पत्रकार सुरेश रजकको रहस्यमय मृत्युप्रति परिवारको गम्भीर शंका, मानव अधिकार आयोगमा छानबिनको माग

पत्रकार सुरेश रजकको रहस्यमय मृत्युप्रति परिवारको गम्भीर शंका, मानव अधिकार आयोगमा छानबिनको माग

काठमाडौं, २०८२ जेठ ४ – काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलन प्रत्यक्ष प्रसारण गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले घटनालाई रहस्यमय र शंकास्पद् बताउँदै छानबिनको माग गरेका छन्। रजककी श्रीमती सुजनी मगिया रजकसहित परिवारजन आइतबार मानव अधिकार आयोग पुगेर औपचारिक निवेदन दर्ता गरेका हुन्। निवेदनमा उनले घटनालाई योजनाबद्ध, षड्यन्त्रपूर्ण वा आपराधिक नियतबाट गराइएको हुनसक्ने आशंका व्यक्त गरेकी छन्। निवेदनमा उल्लेख छ, “आन्दोलनको प्रत्यक्ष प्रसारणकै क्रममा मेरो श्रीमानको रहस्यमय र शंकास्पद् मृत्यु भएको हो। राज्यबाट अहिलेसम्म कुनै स्पष्ट छानबिन नभएको हुँदा म मानव अधिकार आयोगमार्फत निष्पक्ष छानबिन र शीघ्र न्यायको माग गर्दछु।” निवेदन प्राप्त गर्दै मानव अधिकार…
Read More
रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, बैशाख ३१ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सो घटनामा संलग्न भएको आरोपमा मिश्रलाई पक्राउ गरिएको थियो। त्यसयता अनुसन्धानका लागि उनलाई पटक–पटक म्याद थप गर्दै हिरासतमा राखिएको हो। मंगलबार आठौं पटक म्याद थपका लागि अदालत लगिएकोमा थप पाँच दिनको अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ। मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रव जस्ता गम्भीर अभियोगमा अनुसन्धान गरिरहेको छ। उनका सहपार्टी राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाउँदै प्रहरीले…
Read More
काठमाडौंको मखनटोलमा भीषण आगलागी, एक वृद्धाको मृत्यु, एक घाइते

काठमाडौंको मखनटोलमा भीषण आगलागी, एक वृद्धाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको मखन टोलमा आज बिहान आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा बिहान ६ बजेर ५० मिनेटमा ग्यास लिक भएर आगलागी सुरु भएको थियो । आगो तुरुन्तै छेउमा रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि फैलिएको थियो । घटनाको खबर पाएलगत्तै ६ वटा दमकल घटनास्थलमा पुगेर आगो निभाउने प्रयास थालेका थिए । काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराका अनुसार बिहान ८ बजेर ५३ मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो । यस आगलागीमा परी अन्दाजी ७०…
Read More
कोशी प्रदेशमा अब ग्यारेज सञ्चालन गर्न सरकारी स्वीकृति अनिवार्य

कोशी प्रदेशमा अब ग्यारेज सञ्चालन गर्न सरकारी स्वीकृति अनिवार्य

इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सबै वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याउने उद्देश्यले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गरेको छ। मन्त्रीपरिषद्को यो निर्णयसँगै अबदेखि प्रदेशमा ग्यारेज तथा वर्कसप सञ्चालन गर्न प्रदेश सरकारको अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार, नयाँ निर्देशिका बमोजिम वर्कसपहरूले यातायात व्यवस्था कार्यालयबाट र कारखानाहरूले सम्बन्धित मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति प्राप्त गरेपछि मात्र सञ्चालन गर्न पाउनेछन्। यो व्यवस्थाले ग्यारेज र कारखानाको अव्यवस्थित सञ्चालनलाई नियन्त्रण गर्ने, राजस्व प्रणालीलाई व्यवस्थित बनाउने तथा व्यवसायीहरूलाई कानुनी स्पष्टता प्रदान गर्ने लक्ष्य राखेको मन्त्री भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो, "वर्कसप तथा कारखाना व्यवसायीहरूसँगको…
Read More
कक्षा १२ को परीक्षा आजदेखि सुरु, देशभर पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, देशभर पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी

काठमाडौं । आज (आइतबार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाका सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक परिक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ । परीक्षमा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार…
Read More
सर्लाहीमा कटुवा पेस्तोल र गोलीसहित २३ वर्षीय युवक होटलबाट पक्राउ

सर्लाहीमा कटुवा पेस्तोल र गोलीसहित २३ वर्षीय युवक होटलबाट पक्राउ

रौतहट । सर्लाही प्रहरीले पर्सा गाउँपालिकामा रहेको एक होटलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ। हतियार सहित युवक होटलमा बसिरहेको सूचना पाएर पुगेको प्रहरी चौकी नारायणपुरको टोलीले कटुवा पेस्तोल सहित युवकलाइ  पक्राउ गरेको हो । पर्सा गाउँपालिका–२, मा रहेको रवी होटलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साह हतियारसहित पक्राउ परेको प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवले बताए । उनका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ । बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय…
Read More
सरकारको निर्णय: रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत, शासकीय सुधार आयोग गठन

सरकारको निर्णय: रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत, शासकीय सुधार आयोग गठन

काठमाडौं, १० वैशाख — सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनका परिवारलाई राहतस्वरूप प्रति परिवार १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका हुन्। उनले भने, “२०८१ साल चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा ज्यान गुमाएका स्व. पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको नजिकको हकदारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ।” यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा…
Read More
पोखराबाट नक्कली डिएसपी पक्राउ, प्रहरीको नाममा रेष्टुरेन्टमा धाकधम्की

पोखराबाट नक्कली डिएसपी पक्राउ, प्रहरीको नाममा रेष्टुरेन्टमा धाकधम्की

पोखरा, वैशाख ९ पोखराको सृजनाचोकस्थित एक रेष्टुरेन्टबाट नक्कली नेपाल प्रहरीका डिएसपी पक्राउ परेका छन्। आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ मा रहेको ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा आफु नेपाल प्रहरीको डिएसपी भएको बताउँदै धाकधम्की दिने चन्द्रकान्त पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। बागलुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय पौडेलले रेष्टुरेन्टमा खाना अर्डर गरी आफुले मागे अनुसारका परिकार खाएपछि आफू प्रहरीको उच्च अधिकृत भएको भन्दै कर्मचारीलाई धम्क्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घटनापछि पक्राउ परेका पौडेललाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। प्रहरीले जनाए अनुसार पौडेल हाल जिल्ला…
Read More
पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने एक जना पक्राउ

पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने एक जना पक्राउ

रौतहट । व्यापारीहरूलाई धाक धम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ । व्यापारीहरूलाई पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको  छ । यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलिले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो । बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.