आयोगमाथि आयोग थपियो, मिटरब्याजी पीडितले अझै न्याय पाएनन्’ — सांसद सुमना श्रेष्ठको आरोप

काठमाडौं, नेपाल — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाएकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै श्रेष्ठले आयोग गठन मात्र गरेर न्याय दिने प्रक्रिया लम्ब्याइएको र पीडितको दुःख अझै बेवास्ता गरिएको बताइन्।

“अघिल्लो आयोगलाई असहयोग गरियो, असफल बनाइयो,” उनले भनिन्, “अहिले कामचलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन हुँदैछ। यसरी आयोग थपेर मात्र पीडितलाई न्याय मिल्दैन।”

श्रेष्ठले पीडितहरु सिंहदरबार प्रवेशमै रोकिएको भन्दै गुनासो गरिन् र राज्यको नीति नै पीडितलाई थिच्ने जस्तो देखिएको टिप्पणी गरिन्।

उनले मिटरब्याज प्रकरणमा सरकारका उच्चपदस्थ व्यक्तिहरुको संलग्नतामाथि आशंका उत्पन्न हुनेगरी काम नगर्न चेतावनी दिइन्।

“गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको कतै भाग छ भन्ने शंका लाग्ने गरी काम नगरियोस्,” उनले भनिन्, “आफ्नो पार्टीको साहु जोगाउन पीडितमाथि राजनीति नगरौं। मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्छ।”

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.