जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड

जनकपुरधाम उपमहानगरपालिकाको बजेट ३ अर्ब १ करोड

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ३ अर्ब १ करोड ९ हजार ४ सय ६३ रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार जनकपुरधाम उपमहानगरपालिकाले १३ औँ नगरसभाबाट प्रस्तुत गरिएको बजेटमा चालुतर्फ १ अर्ब ६० करोड ११ लाख ३८ हजार ४ सय ६३, पुँजीगततर्फ १ अर्ब ४० करोड ८८ लाख ७१ हजार र सामाजिक सुरक्षा भत्तातर्फ ५० करोड रकम बजेट विनियोजन गरिएको जानकारी गराएको छ ।

आर्थिक वर्ष २०८१।०८२मा जनकपुरधाम उपमहानगरपालिकाले चालुतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र ७१ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार विकास, पर्यटन पवद्र्धन, कृषि उद्योगको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, गरिबी न्युनीकरण, ग्रामीण विद्युतिकरण, हरित शहरलगायतका योजनालाई केन्द्रमा राखेर बजेट ल्याइएको उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले जानकारी दिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.