समाचार

प्रदेश खबरको वार्षिकोत्सवमा १३ जनालाई अवार्ड, १२ जना सम्मानित

प्रदेश खबरको वार्षिकोत्सवमा १३ जनालाई अवार्ड, १२ जना सम्मानित

प्रदेश खबरको वार्षिकोत्सवमा १३ जनालाई अवार्ड, १२ जना सम्मानित इटहरी  । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गरेको छ । उक्त अवसरमा बुधबार साँझ इटहरीस्थित सोल्टी वेस्टेन्डमा एक भव्य समारोह आयोजना गरिएको  थियो । जसमा ‘कोशी एक्सिलेन्स अवार्ड’मा १३ विधाका व्यक्तिहरूलाई विभूषित गरिएको छ  ।  शिक्षा विधातर्फ प्राडा टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा.ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरिएको हो । यस्तै, कृषि तथा महिला उद्यम विधाबाट शान्ता बास्कोटा, खेलकुद विधातर्फ दिलीप राई, बैंकिङ बिधातर्फ ज्ञानेन्द्रप्रसाद ढुंगाना, पर्यटन विधातर्फ भविष श्रेष्ठ, सूचना…
Read More
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । नयाँ मूल्य आजदेखि लागू हुने छ । नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ । यसैगरी डिजेल र मट्टीतेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ । पहिलो…
Read More
अर्थमन्त्री पौडेल र मेयर आचार्य पोखरामा घाइते, कीर्तिपुर अस्पतालमा उच्च निगरानीमा उपचार

अर्थमन्त्री पौडेल र मेयर आचार्य पोखरामा घाइते, कीर्तिपुर अस्पतालमा उच्च निगरानीमा उपचार

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुरको बर्न अस्पतालमा भर्ना गरिएको छ । शनिबार पोखराबाट जलन घाईते भई कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे पौडेल तथा आचार्य सघन उपचार कक्षमा भर्ना भएको अस्पतालले जनाएको छ । उनीहरुको प्रारम्भिक मूल्याङ्गन अनुसार ५ देखि ६ प्रतिशत जलेको साथै अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता भएको अस्पताले विज्ञप्तिमार्फत जनाएको  छ । उपचारमा प्राडा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा.मनिष यादव लगायतको…
Read More
लागुऔषध सहित ३ जना व्यक्ति पक्राउ

लागुऔषध सहित ३ जना व्यक्ति पक्राउ

सिरहा । सिरहा गोलबजार नगरपालिला वडा नं.४ शिव मन्दिर स्थित क्याम्पस रोडबाट लागुऔषध (ब्राउनसुगर) १ ग्राम १९० मिलिग्राम सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । शुक्रवार इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले  क्याम्पस रोडबाट शिव मन्दिरतर्फ आउंदै गरेको स.३ प. ६३४४ नं. को १२५ मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक २० बर्षीय पंकज मण्डल र सोही मोटरसाईकल पछाडी सवार २८ वर्षीय अरबिन्द सिंह दनुवार र  बर्ष २६ को रबिन मुखिया  पक्राउ परेका हुन् । उक्त विषयमा थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय गोलबजार जानकारी दिएको छ ।
Read More
आजको मौसम : देशका विभिन्न ठाउँमा मौसम बदली रहने

आजको मौसम : देशका विभिन्न ठाउँमा मौसम बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा देशका विभिन्न ठाउँमा मौसम बदली भएको रहेको छ । शनिबार बिहान तराई र उपत्यकामा हुस्सु र कुहिरो लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको  महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने छ । यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज तराईका केही भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने हुनाले…
Read More
जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई पालिकामा विदा

जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई पालिकामा विदा

जुम्ला । जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले विदा दिएका छन् । सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णय अनुसार कार्यालय तथा मातहतका निकायहरूमा विदा दिइएको उल्लेख गरिएको छ । त्यस्तै, तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पनि जनयुद्ध दिवसको अवसरमा पालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको पुष्टि गरेका छन् । जनयुद्ध दिवसलाई विभिन्न कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ । यो दिवस नेपालमा जनयुद्धको सुरूवातको सम्झनामा मनाइँदै आएको छ । विशेष गरी नेकपा माओवादी पृष्ठभूमिका स्थानीय तहहरूले…
Read More
पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

पर्वतको ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवा पक्राउ

पोखरा।पर्वत जिल्लाको कुश्मा नगरपालिका-१४ बगालथोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पक्राउ परेका व्यक्तिहरू २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल हुन्। उनीहरूलाई सामुदायिक वनमा आगो लगाएको आरोपमा नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको छ। प्रहरीले वन जङ्गलमा आगलागी गराउनु गम्भीर अपराध भएको भन्दै सचेत रहन आग्रह गरेको छ। वनमा आगलागी भएमा वा कसैले नियतवश आगो लगाएको थाहा पाएमा नजिकको प्रहरी कार्यालय अथवा पैसा नलाग्ने नम्बर १०० मा तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ। वन जोगाउन र सम्भावित दुर्घटना तथा प्राकृतिक…
Read More
आज विश्व रेडियो दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्व रेडियो दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं।आज फेब्रुअरी १३ का दिन विश्वभर विश्व रेडियो दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा जलवायु परिवर्तनबाट उत्पन्न समस्या र अनुकूलनका उपायबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइँदै आएको छ। सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रहरूले फेब्रुअरी १३ लाई विश्व रेडियो दिवस मनाउन प्रस्ताव गरेका थिए। राष्ट्रसङ्घीय महासभाले यस प्रस्तावलाई २०१२ मा अनुमोदन गरेपछि हरेक वर्ष फेब्रुअरी १३ का दिन यो दिवस विशेष कार्यक्रमसहित मनाइँदै आइएको छ। रेडियोलाई लोकतान्त्रिक बहस र जनचेतना अभिवृद्धिका लागि एक शक्तिशाली माध्यम मानिन्छ। अन्य सञ्चार माध्यमको तुलनामा रेडियो सबैभन्दा बढी…
Read More
संघीय संसदका आठवटा समितिको बैठक बस्दै

संघीय संसदका आठवटा समितिको बैठक बस्दै

काठमाडौं ।  बुधबार संघीय संसद अन्तर्गत विभिन्न आठवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई गरी आठवटा समितिको बैठक एकैदिन बस्न लागेका हुन् ।   यसैअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै भएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्नेछन् । यस्तै,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बिहान साढे ११ बजे बस्दैछ । बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पनि आज बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा…
Read More
संसदीय समितिहरूमा आज तीन महत्वपूर्ण मुद्दामा छलफल

संसदीय समितिहरूमा आज तीन महत्वपूर्ण मुद्दामा छलफल

काठमाडौं । मंगलबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । आज विधायन व्यवस्थापन समितिको बैठक सिंहदरवारमा बिहान ११ बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।  यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिनको १ बस्ने भएको छ । आज बस्ने बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि  छलफल हुने कार्यसूची रहेको छ । यसैगरी आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.