आलुबखडा र चेरीका फूलहरूले ढकमक्क

आलुबखडा र चेरीका फूलहरूले ढकमक्क


एजेन्सी । चीनका विभिन्न प्रान्तका रमणीय स्थानहरूमा वसन्त ऋतुको आगमनले प्राकृतिक दृश्यहरु निकै रोमान्चक देखिएका छन् ।
आलुबखडा र चेरीका फूलहरूका दृश्यहरूले चमक ल्याएको छ । पूर्वी चिनियाँ शहर हाङझाउको सिक्सी राष्ट्रिय सिमसार पार्कको करिब २० हेक्टर क्षेत्रफलमा आलुबखडाका रूखहरू ढकमक्क फुलेका छन् । जसका कारण पर्यटकहरु आकर्षित भएका छन् ।
सिक्सी राष्ट्रिय सिमसार निकुञ्जका कर्मचारीहरुका अनुसार निकुञ्ज क्षेत्रमा आलुबखडा हेर्ने मौसम भएकाले पर्यटकहरु बढिरहेका छन् । फूल फुल्ने अवधि मार्चको अन्त्यसम्म रहनेछ ।
उता, दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको डानलिन टाउनमा, लगभग ४० हेक्टर क्षेत्रफलमा चेरीका रूखहरू फूलेका छन् । जसले हावालाई मीठो सुगन्धले भरिदिएको छ ।
दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा, रेपसीड फूलहरू पनि पूर्ण रूपमा फुलेका छन्।
केही स्थानीय किसानहरूले विभिन्न रंगका फूल फुल्ने बालीहरू रोपेर आफ्नो खेतहरूलाई विशाल क्यानभासको रूपमा प्रयोग गरिरहेका छन्।(सीसीटीभीप्लस)

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.