बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ

बलात्कार आरोपमा सिरहामा एक प्रहरी जवान पक्राउ


राहुल राय ÷सिरहा
सिरहा । सिरहामा एक प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुदाशाखाका प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो ।
पीडित महिलाले यादवविरुद्ध विहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।
उनका अनुसार, इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन गएका थिए, तर जाहेरी दर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराउनु परेको थियो।
पीडित महिलाले यस विषयमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतिसमक्ष समेत गुहार मागेकी थिइन्। तर, जाहेरी दिन खोज्दा प्रहरी जवानकै कारण अवरोध झेल्नुपरेको उनको गुनासो छ।
यता,इलाका प्रहरी कार्यलय लहानका डिएसपी बिष्णु सोतिले आफू नीर कुनै पनि महिलाले आफ्नो जवान बिरुद्ध जाहेरी लिएर नआएको बताए ।आफ्नै इलाकाको प्रहरी जवान भएपनि अनुसन्धामा सहयोग पुर्याएको सोतिको दाबी छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले कानुनी प्रक्रिया अनुसार पीडितको जाहेरीका आधारमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी यादवलाई पक्राउ गरिएको जानकारी दिए। हाल उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
यता, पीडित महिलाले प्रहरीलाई ब्लैकमेल गर्न खोजेको आरोप लगाईएको छ । एक प्रहरीसँग नै मुद्दा हाल्नुभन्दा अगाडी एक छिन सोच्न दिनुस भनेर भनेकी ती महिलाले बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएको बताईएको छ ।
म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सिरहा ल्याउदा थुनुवा कोठा सम्म हातमा हात हालेर हिडेको देखिएको प्रहरी नविन यादवका एक आफन्तले बताए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.