समाचार

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बंकुलमा रहेको मा इँटा उद्योग नजिकैबाट पक्राउ गरेको हो । सोमबार साँझ करिब ६:३० बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका दासलाई खानतलासी गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । पेस्तोलका साथै उनको साथबाट एउटा ओप्पो…
Read More
आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ…
Read More
प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ : सुनिता डंगोल

प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छ : सुनिता डंगोल

काठमाडौँ । विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ । यसै क्रममा आज विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३ औँ शताब्दीको महागौरीरपार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं। २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुन स्थापित गरिएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ता द्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले संग्रहालयको जुद्ध जातीय कला शालामा…
Read More
विश्व सम्पदा दिवस मनाइँदै

विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । आज विश्व सम्पदा दिवस मनाइँदै छ । विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले आज (शनिबार) सम्पदा दिवस मनाउन लागेको हो । सन् १९८३ देखि अप्रिल १८ तारिखबाट संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका सम्पदा क्षेत्रको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौं (भक्तपुर दरबार क्षेत्र, पाटन, वसन्तपुर, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध र स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।
Read More
त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान

काठमाडौं । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने उद्देश्यले ‘भिक्षाम् देही’ अभियान सञ्चालन गरिएको छ ।अभियानमार्फत सहभागीहरूले सडकमा भिक्षा संकलन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले उच्च शिक्षामा बजेट अभावका कारण सरकारी क्याम्पसहरूको पूर्वाधार कमजोर बन्दै गएको र गुणस्तरीय शिक्षामा पहुँच सीमित भइरहेको बताएका छन् ।हाल राष्ट्रिय शिक्षा क्षेत्रमा कुल बजेटको करिब १० देखि १५ प्रतिशत मात्र विनियोजन हुने गरेको छ । त्यसमध्ये पनि केवल ८ देखि ११ प्रतिशत बजेट उच्च शिक्षामा खर्च हुने गरेको उनीहरूको भनाइ छ । विकसित र सुदृढ शिक्षा…
Read More
असन क्षेत्रमा सामाजिक तथा परम्परागत कार्यक्रम सुरु हुँदै, सवारी आवगमनमा कडाइ

असन क्षेत्रमा सामाजिक तथा परम्परागत कार्यक्रम सुरु हुँदै, सवारी आवगमनमा कडाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ गर्दैछ ।आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागेको प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका भन्दै यो असर र नकारात्मक प्रभाव रोक्न तथा पूर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको पुनरुत्थान गर्ने प्रयास हो, जीवन्त र समृद्ध (असं) असन कार्यक्रम ल्याएको उनले बताए ।उनको अनुसार असन क्षेत्रमा सामाजिक तथा…
Read More
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान दिई पर्व मनाइन्छ ।  छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराइ दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।  शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ…
Read More
च्वङा गणेश जात्रा भव्य रूपमा सम्पन्न

च्वङा गणेश जात्रा भव्य रूपमा सम्पन्न

भक्तपुर, २०८३ बैशाख ३ । श्री च्वङा गणेशको ऐतिहासिक जात्रा यस वर्ष भव्य तथा हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। केही वर्षअघि खत बोक्ने युवाहरूको अभावका कारण जात्रा औपचारिकतामा मात्र सीमित हुने चिन्ता व्यक्त गरिँदै आएको अवस्थामा यसपटक भने उल्लेख्य जनसहभागिताले जात्रालाई पुनः जीवन्त बनाएको देखिएको छ।स्थानीय समुदायमा जात्रा जोगाउने चिन्ता बढिरहेका बेला भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको पहलमा वडास्तरमै छलफल तथा समन्वय गरिएको थियो। उहाँले स्थानीयवासीलाई जात्रामा सक्रिय सहभागिताका लागि आह्वान गरेपछि समुदायमा सकारात्मक उत्साह थपिएको थियो।यसैको परिणामस्वरूप सयौं–हजारौं जात्राप्रेमी तथा संस्कृतिप्रेमी दाजुभाइ–दिदीबहिनीहरूको सहभागितामा जात्रा ऐतिहासिक रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्। विशेषगरी युवाहरूको उल्लेख्य उपस्थिति…
Read More
सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ ।काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको हो ।भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले भनिन् ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ । महानगर…
Read More
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

रामेछाप । नेपाल पत्रकार महासंघ सरकारको प्रेस माथि अंकुश लगाउने निर्णय विरुद्ध आन्दोलनमा उत्रिने भएको छ ।नेपाल पत्रकार महासंघको आइतबार हेटौँडामा सम्पन्न चौथो पूर्ण बैठकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मुद्दामा महासंघ एक भएर अघि बढ्ने निर्णय गरेको महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् । शर्माले लोकतन्त्रको लागि लड्दै आएका सञ्चार माध्यम माथि सरकारले आर्थिक नाकाबन्दी लगाएको बताइन् । उनले जन निर्वाचित सरकारलाई नेपाल पत्रकार महासंघले सरकारलाई स्वागत गरेको बताउँदै उनले सरकारलाई अभिव्यक्ति स्वतन्त्रता माथि कुनै पनि अंकुश लगाउन नदिन सचेत बनाउने स्पष्ट पारिन् । बैठकले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका र जबाफदेही शासन प्रणाली र प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाउँदै हेटौडा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.