एकै परिवारका ४ सदस्यको ललितपुर आगलागीमा मृत्यु

ललितपुर महानगरपालिका-१७ बाफलस्थित टहरामा भएको आगलागीमा परी घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको छ। वैशाख २३ गतेको उक्त आगलागीमा एकै परिवारका पाँच जना घाइते भएका थिए।

किष्ट अस्पतालमा उपचाररत सञ्जय गिरीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख नरेशराज सुवेदीले जानकारी दिए। यससँगै उक्त आगलागीमा मृतकको संख्या चार पुगेको छ।

गिरीकी श्रीमती रूपा र दुई छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा अघि नै मृत्यु भइसकेको थियो। उनीहरूको भतिज नित गिरी भने सामान्य घाइते रहेका छन् र उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले मोबाइल खन्याउने क्रममा लाइटर बालेपछि आगलागी भएको जनाएको छ। उक्त आगलागीबाट टहरामा रहेको सामानसमेत जलेर नष्ट भएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.