गाउँघरमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

गाउँघरमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै


हेटौंडा । मकवानपुरका गाउँगाउँमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ ।

दशैको घटस्थापना सुरु भएदेखिनै कु पहराभित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो । सबै भन्दा राम्रो रातोमाटो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भएपनि अहिले भने त्यो चलन हराउँदै गएको मकवानपुरगढी ५ का बृद्धा उसाकला सापकोटा बताउँछीन ।

‘कहाँ माटो, कहाँ कमेरो खोज्ने अनि लगाउने मान्छे नै छैनन् । घरको अनि हाम्रो उमेर बढ्दै गएपछि एक–अर्कालाई हेरेर बसेका छौँ ।’ घरअघि थुचुक्क बसेकी गौरी पुरानो घर नियान्दै उनी भन्छिन्, ‘उहिलेको दसैँ त घर लिपपोत थालेको दिनबाटै सुरु हुन्थ्यो । अबको दसैँ त छोराछोरी आउँलान् अनि लाग्ने त होला ।’

मकवानपुरको गाउँको आकार, स्वरुप अनि रंग फेरिएको यो कथा मकवानपुरको मात्रै होइन । हरेक जसो जिल्लाका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटान्मुख छ ।

यसरी घरको रंगमा मात्रै होइन, बनोटमा समेत फरक आइरहेको छ । मकवानपुरका गाउँमै पनि माटो–गारोले बनेका मौलिक घरको सट्टा अब पक्की घर बनाउन थालिएको छ । जसमा सिमेन्टको प्रयोग हुने भएकाले पनि माटो–कमेरोले लिपपोत गर्ने चलन कम हुँदै गएको हो

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.