हिन्दु धर्म, संस्कृति र परम्परामाथि प्रहार भयो : जागरण अभियान

हिन्दु धर्म, संस्कृति र परम्परामाथि प्रहार भयो : जागरण अभियान

काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषका विकृति र धर्म विरोधी कृयाकलाप गरेर पशुपति गौशाला धर्मशालालाई विघटन गराउने प्रयास सनातन धर्मलाई कमजोर बनाउने योजना रहेका भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अभियानले आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै अदालतमा प्रवेश गरेको विवादलाई अदालतबाट अन्तिम निर्णय नपर्खि काठमाडौं महानगरपालिकासँग सम्झौता गर्नु हिन्दु धर्म, संस्कृति र परम्परामाथि प्रहार भएको बताएको हो ।

‘पशुपति क्षेत्र विकास कोषका विकृति र धर्म विरोधी क्रियाकलापका बीचमा पशुपति गौशाला धर्मशालालाई विघटन गराउने प्रयास सनातन धर्मलाई कमजोर गराउने योजना कै निरन्तरता देखिन्छ । वि सं १९९७ बाट गौ–सेवा सञ्चालन गर्दै सनातन धर्मको सेवा गर्ने गौशाला पशुपतिनाथ कै अभिन्न अंग झैं हुन पुगेको देखिन्छ । अदालतमा प्रवेश गरेको विवादलाई सम्मानित अदालतबाट अन्तिम निर्णय नपर्खि काठमाडौं महानगरपालिकासंग सम्झौता गर्नु हिन्दु धर्म, संस्कृति र परम्परामाथि प्रहार हो भन्न सकिन्छ । अप्राकृतिक ढङ्गबाट महानगरपालिका र कोष बीचको सम्झौताले कानुनको उल्लंघनका साथै पशुपति क्षेत्रका भक्तजनहरूमा त्रासपूर्ण वातावरण उत्पन्न हुन गइ शान्ति सुरक्षालाई आघात पुग्न गएको छ,’ हिन्दू जागरण अभियानले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

विश्वभरीबाट आउने हिन्दू श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापन सँगै गौशालामा गौपालन हुँदै गरेको र झण्डै एकसय जना मृगौला रोगीको निःशुल्क डायलाइसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानून तथा विभिन्न समयमा भएको सम्झौता विपरीत महानगरपालिकालाई संचालनको जिम्मा दिएकोप्रति अभियानले चिन्ता र चासो व्यक्त गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाडी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन्।

पशुपति क्षेत्र विकास कोष पछिल्ला केही वर्षदेखि इसाई मिशनरीहरूको भर्ती केन्द्र बनेको समेत अभियानको ठहर छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.