वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतमा हातपात गर्ने ब्यक्ति पक्राउ

काठमाडौ। जिल्ला अदालत काठमाडौको दक्षिण गेट बाहिर बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी लाई गत माघ २ गते कुटपित गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेको छ।

प्राप्त जानकारी अनुसार, सडक पार गर्ने क्रममा अधिवक्ता त्रिपाठीलाई सडक खण्डमा ज्रेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भिडमा रहेका केही व्यक्तिहरुले हुल हुज्जत गरी आक्रमण गर्न खोजेकोमा उक्त समूहले निशाना बनाएको थियो। घटनास्थलमा तत्काल प्रहरी परिचालन गरिएको थियो र प्रहरीले अधिवक्ता त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।

घटनामा संलग्न रहेको आरोपमा दोलखा जिल्ला तामाकोशी गाँउपालिका वडा नं.०१ स्थायी वतन भई जिल्ला ललितपुर महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने ४८ वर्षीय ललित कुमार के.सी.लाई पक्राउ गरिएको छ। उनलाई ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ। साथै प्रहरीले आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ।

photo source: Nepal Police

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.