पद्मकन्या क्याम्पसमा दल निकट संगठन पराजित, स्वतन्त्रको लहर जारी

काठमाडौं । पद्मकन्या क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले सबै पदमा विजयी हासिल गरेका छन्। प्रमुख दलका विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियुलाई पछि पार्दै स्वतन्त्र उम्मेदवारहरूको प्यानलले पूरै सिटमा जित निकालेको हो।

क्याम्पस अध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐरले ७३० मत ल्याएर विजयी भइन्। उनकी प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत प्राप्त गरिन्। सचिव पदमा सन्ध्या बस्यालले ६९५ मत प्राप्त गर्दै जित हासिल गर्दा नेविसंघकी विपना न्यौपाने ३६१ मतमा रोकिइन्।

त्यस्तै, कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार संकल्पिका थापा ६६६ मतसहित विजयी भइन् भने नेविसंघकी चाँदनी शाह ४०५ मत ल्याएर पराजित भइन्।

सदस्य पदमा पनि सबै स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन्। विजयी सदस्यहरूमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता वि.क, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, र यनसु कटवाल छन्।

चैत ७ गते सम्पन्न निर्वाचनको मतगणना सकिएसँगै आयोगले गएराति आधिकारिक परिणाम सार्वजनिक गरेको हो। पद्मकन्या क्याम्पसमा नेविसंघ एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो भने एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) बीच गठबन्धन रहेको थियो।

स्वतन्त्र उम्मेदवारहरूको यो ऐतिहासिक जितले विद्यार्थी राजनीतिमा नयाँ दिशा देखाएको विश्लेषण गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.