ललितपुर – ललितपुरको इमाडोलमा गएराति खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। ललितपुर प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–४, ओचुहाइटमा बसोबास गर्दै आएका ३० वर्षीय रिपक खातीको राति करिब १ बजे हत्या भएको हो।
प्रहरीका अनुसार रामेछाप घर भएका सुमन रसाइलीले खुकुरी प्रहार गरी खातीको हत्या गरेका हुन्। घटनालगत्तै प्रहरीले २५ वर्षीय रसाइलीलाई नियन्त्रणमा लिएको छ।
हत्या हुँदा खातीको घाँटी र गालामा गम्भीर चोट लागेको ललितपुर प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
